समाचारदाता
नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ ।
युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो ।
बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर चौधरीले बाढीपिडितलाई सहयोग गरेकोमा सहयोग गर्ने संघसंस्थाप्रति आभार व्यक्त गर्दै अझै बाढीको जोखिम रहेको बताउनुभयो ।
प्लान नेपालका क्षेत्रीय प्रबन्धक पराजुलीले बाढीपछि सरसफाईमा ध्यान नदिईए विभिन्न रोग फैलिने डर रहेकोले सरसफाइका लागि हाइजिन किट वितरण गरिएको बताउनुभयो ।
सो अवसरमा युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी र वडा अध्यक्ष गौतमले पनि आ आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।
वितरण गरिएको हाइजिन किटमा झुल, बाल्टी, जग, तौलिया, साबुन, सेनिटाइजर, पानी शुद्ध गर्ने औषधी, मास्क, नाइलन डोरी र झोला गरेर १८ वटा सामाग्री रहेका छन् ।
सो परियोजना अन्तर्गत बर्दियाको बासगढी, बारबर्दिया, ठाकुरबाबा र गुलरियाका बाढीपिडित परिवारलाई ८० वटा हाइजिन किट, ८० वटा डिग्निटी किट, दुई सय परिवारलाई खाद्यान्न सहयोग, १५० परिवारलाई पोषण आहार वितरण गरिने तथा १२० वटा धारा, ट्युबवेल तथा १२० वटा शौचालय मरम्मत गरिनुका साथै ८ ठाउँमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ ।
Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453