१६ चैत्र २०८०, शुक्रबार

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

समाचारदाता
नेपालगञ्ज, पुस १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ ।
बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो ।
बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि क्षमता अभिबृद्धि गर्नका लागि प्रदान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनपछि पुनर्गठन गरिएका बालअधिकार समितिका पदाधिकारीलाई सो तालिम दिनु आवश्यक रहेकोले दिईएको बताउनुभयो ।

तालिममा बाल विवाह र लैंगिक हिंसाका घट्ना व्यवस्थापन कसरी गर्ने भन्ने बरेमा विशेष फोकस गरिएको र सोही कुरा सिकाईएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
बाँके युनेस्को क्लबका उपनिर्देशक महेश नेपालीका अनुसार सो तालिमका प्रशिक्षक जगदिश सिंह रहनु भएको थियो भने तालिममा राजापुर नगरपालिकाका उपमेयर, प्रहरी प्रतिनिधि, बाल क्लब, नगरपालिकाको शिक्षा, महिला तथा बालबालिका र स्वास्थ्य शाखाका प्रतिनिधीको सहभागिता रहेको थियो ।
तालिममा सहभागि गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिका पदाधिकारीहरुले बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि विषयमा प्रशिक्षक लगायत अन्य सरोकारवालाहरुसंग विभिन्न जिज्ञासा समेत राखेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *