३१ जेष्ठ २०८१, बिहीबार

बर्दियामा पालिकास्तरीय एकीकृत पाठ्यक्रम सम्बन्धि तीनदिने कार्यशाला सञ्चालन

बर्दियामा पालिकास्तरीय एकीकृत पाठ्यक्रम सम्बन्धि तीनदिने कार्यशाला सञ्चालन

समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लब र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला आयोजना गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सञ्चालन गरिएको हो ।
एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सो कार्यशालामा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वर्तमान परिस्थितिमा शिक्षाको महत्वबारे प्रकाश पार्दै एकीकृत पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु आवश्यक रहेको बताउनुभयो ।

मधुवन नगरपालिका उपमेयर चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक मीनबहादुर थापा र शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनालको पनि उपस्थिति रहेको थियो ।
सो कार्यशालामा कक्षा १ मा पढाउने मधुवन नगरपालिकाका ३४ जना शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागी शिक्षकहरूले कार्यशालाको एजेन्डा, छलफल पद्धति र सहजीकरण सीपको उच्च प्रशंसा गर्नुभयो ।
शिक्षकहरूले आफ्ना विद्यालयहरूमा पाठ्यक्रम र शिक्षकको निर्देशन लागू गर्ने प्रतिबद्धता व्यक्त समेत सो अवसरमा व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन शिक्षा इकाइका खगेन्द्र खनालले गर्नु भएको थियो भने कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य र परियोजनाको विषयवस्तु बारे प्रस्ट पार्नु भएको थियो ।
कार्यशालामा सहजिकरण शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाल र शंकरप्रसाद आचार्यले गर्नु भएको थियो । कार्यशालामा क्लबका कार्यक्रम अधिकृत ईश्वर विक र फिल्ड सुपरभाइजर रीता अर्यालको पनि सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *