१३ बैशाख २०८१, बिहीबार

बहुमुल्य बुद्धको मुर्ति चोरसहित विभिन्न घट्नाका अभियुक्त प्रहरीद्धारा सार्वजनिक

बहुमुल्य बुद्धको मुर्ति चोरसहित विभिन्न घट्नाका अभियुक्त प्रहरीद्धारा सार्वजनिक

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर २९ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न अपराधिक घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ । बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार भेटघाटमा प्रहरीले चोरीको धनमाल सहित पक्राउ परेका चार जना, बहुमुल्य बुद्धको मुर्तिसहित पक्राउ परेका २ जना र चोरी गरि लिएको मोटरसाईल सहित एक जनालाई सार्वजनिक गरेको हो ।
गत मंसिर २२ गते कोहलपुर वडा नं २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरि फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि।क। सहित दुई नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी मंसिर २४ गते बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं २ अगैयाबाट बहुमुल्य बुद्धको मुर्ति सहित पक्राउ परेका पाँचथरका झर्मेन्द्र प्रसाद रेग्मि र गोरखाका देव बहादुर मग्रातीलाई सार्वजनिक गरीएको हो । ६ केजि ४२० ग्रामको एक थान बुद्धको मुर्तिको अवैध कारोबार गरीरहेको आशंकामा पकराउ परेका दुबै जनालाई प्राचिन स्मारक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि कारबाहिकालागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले दुई जनालाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको पनि जनाएको छ । कोहलपुर १२ चप्परगौरीका झलक बहादुर श्रेष्ठको भे७ प ११९३ को होण्डा साईन मोटरसाईकल सहित कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहिले कोहलपुर ११ एकतानगरका यज्ञराज सेजवालाई मोटरसाईकलको नम्बर परिवर्तन गरि भे५प ६५१७ बनाई बिक्रि समेत गरि अकेको अबस्थामा दुबै जनालाई पक्राउ गरेको जनाएको छ । कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहि पटक पटक मोटरसाईकल चोरी गरि पक्राउ परीसकेका ब्यक्ति भएको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *