१३ बैशाख २०८१, बिहीबार

बाँकेका दस जना नेता काँग्रेसको प्रदेस निर्वाचनमा पराजित

बाँकेका दस जना नेता काँग्रेसको प्रदेस निर्वाचनमा पराजित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भएका छन् । पराजित हुनेमा सबै देउवा पक्षका हुन् । बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु परेको छ ।
संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भएका छन् ।
शाहले ६७६ र पुनले ७५२ मत ल्याएका छन् । आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७०६ मत ल्याएर पराजित भए । आदीवासी जनजाती सदस्यमै बाँकेका श्यामबहादुर थापा ६०९ मत ल्याएर पराजित भएका छन् ।
यस्तै प्रदेश सदस्य मधेसीमा राजकुमार साहु तेलीले ६३१ मत ल्याएर पराजित भए । प्रदेश सदस्य महिला खुल्लामा संगिता चौधरीले ६४५ मत ल्याएर पराजित भइन् । यसैगरी खस आर्य सदस्यमा बाँकेकै यमबहादुर खड्का ६४३ मत ल्याएर पराजित भए ।
त्यस्तै बाँके जिल्लागत प्रदेश सदस्यमा नारायणी रुपाखेती ६९९ मत ल्याएर पराजित भइन् । उनलाई संस्थापन इतर कोइराला पौडेल पक्षकी बाँकेकै दिक्षा कोइरालाले पराजित गरेकी हुन् । यसैगरी बाँके जिल्लागत सदस्यमै तेजेन्द्रबहादुर कँडेल ६७८ मत ल्याएर पराजित भए ।कँडेललाई बाँकेकै संस्थापन इतर पक्षका टेकनारायण भुसालले पराजित गरेका हुन् । यस्तै महिला खुल्ला सदस्यमा रत्ना राणा ६६८ मत ल्याएर पराजित भइन् । उनलाई बाँकेकै संस्थापन इतर पक्षकी अन्जना पाण्डेले पराजित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *