१३ बैशाख २०८१, बिहीबार

बाँकेको प्रहरी प्रमुखमा एसपी सन्तोष राठोरको सरुवा

बाँकेको प्रहरी प्रमुखमा एसपी सन्तोष राठोरको सरुवा

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, पुस ४ । जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी प्रमुखमा एसपी सन्तोषसिंह राठौर सरुवा भएर आउने भएका छन् । हालका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको सरुवा भएपछि राठोरलाई बाँकेको प्रहरी प्रमुख बनाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपी अधिकारीको लुम्विनी प्रदेस ट्राफिक प्रहरी कार्यालय बुटवलको प्रमुखमा सरुवा गरिएको छ ।
देसभरका २३ एसपी को काज सरुवा गरिंदा एसपी अधिकारीलाई बुटवल पठाएर राठोरलाई बाँकेमा काज सरुवा गरिएके छ। सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।
निर्वाचन सकिएपछि पहिलो पटक प्रहरीका एसपीहरुको काज सरुवा गरेर प्रहरी प्रधान कार्यालयले प्रहरीको काज सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *