८ बैशाख २०८१, शनिबार

बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा

बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ मङ्सिर । यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा आयोजना गरिने नेकपा एमालेको १० औं महाअधिवेशनमा बाँके जिल्लाबाट पनि ६ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेर उनिहरुले निर्वाचनको तयारी समेत शुरु गरिसकेको जनाएका छन् ।
यसरी एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेहरुमा हालका केन्द्रिय सदस्य मोहम्मद हारुन, पुर्व केन्द्रिय सदस्य देबराज भार, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल, पुजन बिश्वकर्मा, वसन्ती अधिकारी र बिजया धिताल रहनु भएको छ ।

मुस्लिम कोटाबाट केन्द्रिय सदस्य बन्नुभएका हारुनले फेरी केन्द्रिय सदस्यमा दोहरीने सोचका साथ उम्मेदवारी दिने घोषणा गरेको बताउनु हुन्छ । पत्रकार पृष्ठभुमि भएका उहाँ हाल नेकपा एमाले बाँकेका जिल्ला सह ईन्चार्ज समेत हुनुहुन्छ ।
नेकपा एमालेको  केन्द्रीय सदस्य रही सक्नु भएका देवराज भार एमाले बाँकेका प्रभावशाली नेता हुनुहुन्छ । उहाँ केन्द्रीय सदस्य र नेकपा एमालेको तत्कालीन भेरी अंचल ईन्चार्ज समेत बनि सक्नु भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यस्तै सुर्य ढकालले नेकपा एमालेमा भएको बिभाजनपछि बाँके जिल्लाको अध्यक्ष बन्नु भएको थियो । हाल उहाँ नेकपा एमाले लुम्बिनी प्रदेशका सचिवालय सदस्य हुनुहुन्छ ।
माओवादी पृष्ठभुमिका पुजन बिश्वकर्मा २०६५ मा माओवादी त्यागेर पार्टी अध्यक्ष केपि ओलीको हात बाट टिका लगाएर एमाले प्रबेश गर्नु भएको थियो । जिल्लामा केपि ओली पक्षधर भनेर चिनिने मध्ये उहाँ अगुवा दलित नेता हुनुहुन्छ ।

दलित कोटाबाट महाअधिबेशनमा केन्द्रिय सदस्यका लागि प्रतिनिधीत्व गर्ने सोचमा रहेको नेता बिश्वकर्माले बताउनुभयो ।
सोही प्रकारले हाल नेकपा एमाले प्रदेश कमिटी सदस्य रहनु भएकी बसन्ती अधिकारीले खुला तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताउनु भएको छ । यस अघि उहाँले कोहलपुरमा एमालेको नेतृत्व सम्हाली सक्नु भएको छ ।

यस्तै लामो समय सहकारी अभियाामा क्रियाशिल बाँके नेपालगञ्ज निवासी विजया धिताल हाल नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य रहनस भएको छ । धितालले नेपाली काग्रेसका स्व सभापति एवं पुर्व प्रधानमन्त्री सुशिल कोइरालासँग प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पधा समेत गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *