११ बैशाख २०८१, मंगलवार

बाँकेमा “चालकसँग ट्राफिक प्रहरी” सचेतना अभियान निरन्तर जारी

बाँकेमा “चालकसँग ट्राफिक प्रहरी” सचेतना अभियान निरन्तर जारी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेशस्तरीय “चालकसँग ट्राफिक प्रहरी” सचेतना कार्यक्रमलाई निरन्तर जारी राखेको छ ।
सो सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा तैनाथ रहेका ट्राफिक प्रहरीहरुले विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर उनिहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेत पार्दै आएका छन् ।

सो क्रममा मंगलवार नेपालगञ्ज उप महानगरपालिका २० राझाँस्थित प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलको टोलिले मोटरसाइकल, ई रिक्सा, अटो र अन्य गाडीका सवारी चालक र सह चालकहरु लाई जम्मा गरेर, रोकेर सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउदा अपनाउनु पर्ने सजकता सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण दिएको छ ।
सो अवसरमा ट्राफिक प्रहरीको टोलीले सवारी चालकहरुलाई आफ्नो तर्फबाट कुनै पनि हालतमा सवारी नियमको उलंघन नगर्न आग्रह समेत गरेको थियो ।
सो सचेतना अभियानका क्रममा जम्मा भएका सवारी चालकहरुले पनि प्रहरीसंग सवारी नियमहरुका बारेमा विभिन्न प्रकारका जिज्ञासाहर राखेको ट्राफिक प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलले बताउनुभयो ।
“चालकसँग ट्राफिक प्रहरी” कार्यक्रम अन्तर्गतको सचेतना अभियान यसअघि कोहलपुर, खजुरा, नेपालगञ्जका विभिन्न ठाउँमा सम्पन्न गरिसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *