१३ बैशाख २०८१, बिहीबार

बाँकेमा धार्मिक सदभाव र एकताको उत्कृष्ट उदाहरण फेरी देखियो

बाँकेमा धार्मिक सदभाव र एकताको उत्कृष्ट उदाहरण फेरी देखियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए ।
श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो ।

उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो ।
प्रवचन कार्यक्रममा आफुलाई प्रमुख अतिथि बनाईएकोमा उहाँले आयोजकप्रति आभार समेत व्यक्त गर्नुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईको पनि उपस्थिति रहेको थियो ।
यसैविच पुर्वमन्त्री राई लगायत जिल्लाका विभिन्न जनप्रतिनिधी र अन्य व्यक्तित्वहरुले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट तिहार, भाईटीका र दिपावलीको शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालका कारण शुभकामना आदान प्रदान निकै सहज बनेको जनता समाजवादी पार्टीका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *