१५ चैत्र २०८०, बिहीबार

बाँकेमा निर्वाचनको सबै तयारी पुरा, शुक्रवार विहान ७ बजेबाट मतदान

बाँकेमा निर्वाचनको सबै तयारी पुरा, शुक्रवार विहान ७ बजेबाट मतदान

सिराज खान
नेपालगञ्ज, बैशाख २९ । बैशाख ३० गते शुक्रवार सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि बाँकेमा सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरु मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरुका साथ मतदान केन्द्रमा पुगेर मतदानको तयारी पुरा गरिसकेको बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो ।
उहाँले बाँकेका ८ वटै स्थानीय तहका १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरुले मतदानको लागि आवश्यक पर्ने सबै तयारी पुरा गरिसकेको बताउनुभयो ।
मतदानको सबै तयारी पुरा भैसकेकोले शुक्रवार विहान ७ बजेबाट मतदान शुरु गराइने तिवारीले बताउनुभयो । समयमा मतदान गराउन सबै कार्य पुरा भैसकेको जानकारी मतदान केन्द्रहरुबाट आइरहेको उहाँको भनाई छ ।

यसैविच बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जिल्लामा निर्वाचनको सबै तयारी पुरा भैसकेको र सबै मतदानस्थल र केन्द्रलाई तयार पारिसकिएको सूचना आफुले पाएको बताउनुभयो ।
बाँकेका आठवटै पालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गराउन २ हजार २०० निजामती कर्मचारी र ४ हजार सुरक्षाकर्मी गरेर ६ हजार २०० जना परिचालन गरिएको जानकारी उहाँले दिनुभयो ।
उहाँले निर्वाचन शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई स्पष्ट निर्देशन दिएर पठाईको पनि बताउनु भएको छ ।
निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न जिल्ला भरिका सम्पुर्ण दल, उम्मेदवार र सर्वसाधारणसंग समन्वय गरिएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले जनाएको छ । सो कार्यालयका अनुसार अब शुक्रवार विहानको मतदाता र कर्मचारी सबैले प्रतिक्षा गरिरहेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *