६ बैशाख २०८१, बिहीबार

बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल

बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल

नेपालगञ्जपाटी समाचार
नेपालगज, चैत १ । बाँके जिल्लामा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारहरुको पहिलो संगठन बनेको छ, प्रेस सेन्टर नेपाल । जिल्लाका तीनवटा पालिकामा प्रेस सेन्टर नेपालले संगठन निर्माण गरिसकेको छ भने अन्य पालिकामा पनि गठनको प्रक्रिया शुरु गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनुभभयो । उहाँले हालसम्म कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा प्रेस सेन्टरको गठन गरिसकेको बताउनुभयो ।
अध्यक्ष धितालका अनुसार प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले मंगलवार कालु गिरीको नेतृत्वमा गाँउ कमिटि निर्माण गरेको छ । भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा शाही, मदन हमाल, भिकु बरहि र रतन चलाउने चयन भएका छन ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको भेलामा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुशिल शर्मा, माओवादी केन्द्र डुडुवाका अध्यक्ष भोला यादव, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिवद्वय आलम खान, गजेन्द्र गुरुङ, डुडुवाका उपाध्यक्ष मानबिर थापा, दयाराम यादव, सचिव प्रेमा शाही, सहसचिव रत्न चलाउने, प्रेस सेन्टर नेपाल नेपालगञ्जका अध्यक्ष चन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *