१५ चैत्र २०८०, बिहीबार

बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना

बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना

सिराज खान
नेपालगञ्ज, साउन २६ गते । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार केही समयअघि सक्रिय संक्रमित संख्या शुन्यमा झरेको थियो । बाँकेमा हाल ८३ जना सक्रिय संक्रमित पुगेको र उहाँहरु सबै होम आइसोलेसनमा रहेर उपचार गराइरहनुभएको जिल्ला कोभिड व्यवस् बाँकेका कोरोेना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
हाल दैनिक २० जनाभन्दा बढी संक्रमित थपिनेक्रम रहेको जनाउँदै परीक्षण गराउनेमध्ये अधिकांशलाई संक्रमण पुष्टि हुनेगरेको उहाँले बताउनुभयो । सो क्रममा बिहीबार मात्र बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालमा परीक्षण गराएका २३ जनामध्ये १६ जनामा र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४ र राप्तीसोनारी गाउँपालिकामा १ गरी २१ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन वलीले बताउनुभयो ।
सोहीप्रकार हिजो बुधवार पनि १३ जनामा संक्रमण पुष्टि भएको थियो । गत मंगलवार २१ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म बाँकेमा संक्रमितको सख्या २१ हजार २५९ पुगेको छ । जसमध्ये २० हजार ८२३ जना निको भैसकेका छ्न ।
पछिल्लो समय संक्रमित संख्यामा बृद्धि भएपछि स्वास्थ्य मापदण्डको पालना गर्न र सीमा नाकामा कडाई गर्न निर्देशन जारी गरिएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले फेरि संक्रमित बढ्न थालेपछि स्वास्थ्य मापदण्डको पालनासहित कोभिडविरुद्धको खोप बढीभन्दा बढीलाई लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *