७ बैशाख २०८१, शुक्रबार

बाँकेमा फेरी बाघको आक्रमण, भागेर ज्यान जोगाउन सफल भए बटाला

बाँकेमा फेरी बाघको आक्रमण, भागेर ज्यान जोगाउन सफल भए बटाला

सिराज खान
नेपालगञ्ज, पुस ३ गते । बाँकेका गाभर र नरैनापुर क्षेत्रमा दुई जना मानिसलाई शिकार बनाएर खाएको बाँके राष्टिय निकुञ्जको बाघले शनिबार राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रमा एक जना मोटरसाइकल सवारमाथि आक्रमण गरेको छ ।
जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटालामाथि बाघले आक्रमण गर्दा उहाँ भागेर ज्यान जोगाउन सफल हुनुभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार क्याम्पसबाट शनिबार विहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बटालालाई बाघले झम्टिन खोज्दा उहाँले भागेर जोगिनुभएको हो ।

आलीनगर पुग्नै लाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडिबाट बाघले झम्टीएको जनाउँदै क्याम्पस प्रमुख बटालाले मोटरसाइकल तीव्र गतिमा रहेकोले आक्रमणबाट जोगिएको बताउनुभयो ।
‘अन्य दिनको तुलनामा मोटरसाईकल अलि तीव्र गतिमा थियो त्यसैले बाघको पञ्जा मेरो शरिरमा पुगेन, मोटरसाईकलको चक्का छोप्ने भागमा परेर बाघ भुईमा पछारियो अनि म बाँच्न सफल भएँ ।’ उहाँले भन्नुभयो ।
बाघको आक्रमणबाट जोगिनुभएका क्याम्पस प्रमुखले आलीनगर ढलैयाको जङ्गगल क्षेत्रका बासिन्दालाई सजग भएर यात्रा गर्न सुझाव दिनुभएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना बढ्दै गएको छ ।
जिल्लामा राष्ट्रिय निकुञ्जबाहेक राष्ट्रिय वनमा समेत लगातार बाघ भेटिनुले स्थानीयमा त्रास बढ्दै गएको छ ।
यसअघि बाँकेको गाभरमा मुख्य राजमार्गबाटै तानेर एकजना भारतीयलाई खाएको थियो भने नरैनापुरमा पनि एक जना मान्छे र एउटा गाई खाएको थियो ।( गोरखापत्र अनलाइनबाट )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
7

Leave a Reply

Your email address will not be published. Required fields are marked *