१५ चैत्र २०८०, बिहीबार

बाँकेमा बुधवार पहिलो दिन ३१ हजार ६१७ बालबालिकाले मोडर्ना खोप लगाए

बाँकेमा बुधवार पहिलो दिन ३१ हजार ६१७ बालबालिकाले मोडर्ना खोप लगाए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १९ । बुधवार शुरु गरिएको १२ वर्षदेखि १७ वर्ष उमेर समहुका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान अन्तर्गत बुधवार बाँकेमा ३१ हजार ६१७ बालबालिकाले खोप लगाएका छन् । नेपालगञ्जमा मात्रै १० हजार भन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।
बाँके जिल्लाका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिनु भएको जानकारी अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिननै जिल्लाका ८ वटा पालिकामा ३१ हजार ६१७ जनाले खोप लगाएका छन् । विभिन्न विद्यालयमा खोप केन्द्र बनाएर खोप अभियान शुरु गरिएको थियो ।
खोप लगाउनेहरुमा १५ हजार ९९७ बालक र १५ हजार ६२० बालिका रहेको जनाउँदै फोकल पर्सन श्रेष्ठले पहिलो दिनमा लक्ष्यको आधाजतिले खोप लगाएकोमा दोस्रो दिन विहिबार पनि सोही संख्यामा खोप लगाए लक्ष्य सहज रुमा पुरा हुने बताउनुभयो ।

खोप लगाउनेहरुमा सबै भन्दा बढी नेपालगञ्ज उपमहानगरमा रहेका छन् । नेपालगञ्जमा मात्रै १० हजार १८० जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार राप्तीसोनारीमा ४ हजार ४९३, कोहलपुर ६ हजार १५, बैजनाथमा ३ हजार २०२, खजुरामा ३ हजार ५०५, जानकीमा १ हजार ४४३, नेपालगञ्जमा १० हजार १८०, डुडुवामा १ हजार ७७१ र नरैनापुरमा १ हजार ८ जनाले खोप लगाएका छन् ।
जिल्ला भरिमा ४३३ वटा खोप केन्द्र कायम गरेर खोप अभियान सञ्चालन गरिएको जनाउँदै खोप फोकल पर्सन श्रेष्ठले अब ३८ हजार २२० जना खोप लगाउन बाँकी रहेको बताउनुभयो ।
यसअघि बुधवार विहान खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले गर्नुभएको थियो । खोप अभियानलाई सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, कोरोना फोकल पर्सन तेज ओली लगायत पत्रकारहरुले पनि अनुगमन गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *