१२ बैशाख २०८१, बुधबार

बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै

बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लाई पुनर्गठन अभियान अन्र्तगत शनिवार देखि देशव्यापी टोल भेलाहरु सुरु भएका छन । सोहि क्रममा बाँके जिल्लाका ८ वटै पालिकामा पनि आज टोल भेलाहर धमाधम सम्पन्न भैरहेका छन् ।
शनिवार जिल्लामा करिब २०० वटा टोलमा टोल भेला सम्पन्न हुने नेकपा माओवादी केन्द्र बाँकेका अधयक्ष आइपी खरेलले बताउनुभयो । उहाँले हरेक पालिकामा कम्तीमा ३० देखि ८० सम्म टोल भेलाहर सम्पन्न हुने बताउनु भयो ।
जिल्लाका सबै पालिकाबाट टोल भेलाहरु सम्पन्न भैरहेको सुचना आफुलाई प्राप्त भैरहेको पनि उहाँले बताउनुभयो ।
यसैविच कोहलपुर नगरपालिकाका १५ वटै वडामा पनि टोल भेलाहरु सम्पन्न भैरहेका छन् । शनिवार कोहलपुरमा ६० ओटा टोलमा भेला गरि सक्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । पार्टी सुटृढीकरण अभियान अन्र्तगत आर्कमण तरिकाले संगठन बिस्तार अभियान सुरु गरिएको न्यौापानेले जानकारी दिनुभयो ।
शनिवार सम्पन्न हुन नसकेका टोलहरुमा आईतवार भेला गरिने माओवादी केन्द्रले जनाएको छ ।
टोल भेला अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर वडा न १ कौशिलानगर “क“ लाइनको टोल भेलाले मन बहादुर थापा अध्यक्ष र कृष्ण बहादुर थापा सचिव रहेको १९ सदस्यीय टोल समिति गठन गरेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । कोहलपुर १ मा सनिवार ६ ओटा टोल भेला सम्पन्न भएका छन ।
माओवादी केन्द्र कोहलपुर नगरपालिका वाड नं ९ मस्जिद टोल बिचपुरुवाको भेलाले अध्यक्ष मोहम्द रसिद साँई र सचिवसल्मान अली साँई रहेको १९ सदस्यीय टोल कमिटी गठन गरेको वडा अधयक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिनुभयो ।
कोहलपुर ९ मै समाबेशी टोलको टोल भेला रमेश बाँठाको अध्यक्षता ११ सदस्यीय कमिटी गठन गरेको छ । भेलाले सचिवमा दुर्गा चन्द लाई चएन गरेको छ ।
कोहलपुर नगरपालिका वाड नं ९ को बबई टोलको टोल भेलाले हेम बहादुर घर्ती अध्यक्ष र विद्या राना सचिव रहेको १९ सदस्यीय टोल कमिटी गठन गरेको योगीले जानकारी दिनुभयो ।
यसैगरी कोहलपुर नगरपालिका वार्ड न –१२ कर्ण बहादुर रसाईलि को अध्यक्षतामा ११ सदस्यीय मसुरिखेत टोल समिति गठन गरिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुलाराज बिष्टबिहानीले बताउनुभयो ।
यसैगरि माओवादी केन्द्र कोहलपर ५ रझेना स्कुल टोल र , प्रगतिनगर टोल को टोल भेला सम्पन्न भएको छ । भेलाले स्कुलटोल को जनादर थारु र प्रगति नगर टोलको हिमलाल चौधरि को अध्यक्षता मा १९÷१९ सदस्यीय टोल समिति गठन गरिएको नेकपा माआवादी कोहलपुर ५ का अध्यक्ष तिलक सिह कार्कीले बताउनुभयो ।
यसैगरी कोहलपुर वाडन ५ शिव मनकामना टोलको टोलभेला ले चन्द्र बहादुर सुनारको नेतृत्वमा १९ सदस्यीय टोल समिती गठन गरेको छ । जसको सचिव मा जमुना चन्द लागायत रहेको अध्यक्ष कार्कीले जनाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ० कोहलपुर वडा न।३ पशुपति नगर टोल भेलाले जगत प्रसाद ढुगाना अध्यक्षमा र तुलसरा थापा सचिबमा सहित १९ सदस्यीय टोल समिति गठन गरेको माओवादी केन्द्रकी नेतृ रेणुका खड्काले जानकारी दिनुभयो ।
कोहलपुर वडा न ३ बिकास नगर टोल भेला सम्पन्न भएको छ । भेलाले पदम महतरा अध्यक्ष र सचिबमा रोमा बुढा सहित १९ सदस्यीय टोल समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *