१५ चैत्र २०८०, बिहीबार

बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित

बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित

नेपालगञ्ज, फागुन ७ । बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले शनिबार नेपालगन्जमा सार्वजनिकीकरण गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा बाँकेमा सन् २०२१ मा मानव अधिकार ज्यादतीका घटना भएकोमा ११८ जना महिला र ६ पुरुष गरी १२४ जना पीडित भएको उल्लेख छ ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतका अनुसार महिला अधिकार उल्लंघनका ९४ र बालअधिकारका १७ घटना भएका थिए । पुरुषमाथि कुटपिट ३, हत्या २ र विद्यालयमा शारीरिक सजाय एक जना पुरुषले पाएका छन् । अरु सबै ज्यादतीमा महिला पीडित छन् । सबैभन्दा बढी घरेलु हिंसामा ८३, बलात्कार २३, कुटपिट ६, यौन दुव्र्यवहार ३, हत्या २, र बालश्रमका घटना एक वटा भएका थिए ।
संयोजक महतले लुम्बिनी प्रदेशमा भने ६० प्रतिशत घटना महिला अधिकार उल्लङ्घनका थिए । अधिकार उल्लङ्घनका घटनामा राज्यका तर्फबाट ५२ जना र अन्य पक्षबाट ५ हजार १ सय ६३ जना गरी ५ हजार २ सय १५ जना महिला पीडित भएको बताए। अन्य पक्षबाट भएका घटनामध्ये ६१ प्रतिशत घटना महिला र २५ प्रतिशत घटना बाल अधिकार उल्लङ्घनका घटना रहेका छन् । सबै भन्दा बढी लुम्बिनी प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ७ सय ८६ जना पीडित भए । गिरफ्तारी घटनामा तीन जना, महिला अधिकार उल्लंघनका घटनामा १ हजार २ सय ८४ जना, बाल अधिकार उल्लंघनका घटनामा २ सय ९५ जना पीडित भए । यसैगरी, राज्य पक्षबाट ५ जना र अन्यपक्षबाट ४० जना गरी ४५ जनाको हत्या भयो । वर्ष पुस्तक सार्वजनिकीकरण गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा।रत्नबहादुर बागचन्दले अझै पनि समाजमा महिला पुरूष समान रुपमा नलिएका कारण महिलाहरु पीडित भएको बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङ्करबहादुर रावल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, अधिकारकर्मी सुरेश गौतम, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, चन्द्रकला उप्रेती, जयन्ती केसीलगायतले मानव अधिकार उल्लघंनका घटना न्यूनिकरणमा जोड दिएका थिए । कार्यक्रममा इन्सेकका कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यलाई प्रदेशको उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत गरिएको थियो । प्रमुख अथिति वरिष्ठतम् न्यायाधीश डा। चन्दले ट्रफी, सम्मान पत्रसँगै दोसल्ला ओढाएर नगद ७ हजार रुपैैयाँ राशीसहित पुरस्कृत गरेका थिए ।( मेरो खुशी डटकमबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *