१६ चैत्र २०८०, शुक्रबार

बाँके काँग्रेसको निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत भट्टराई नेपालगञ्ज पुगे

बाँके काँग्रेसको निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत भट्टराई नेपालगञ्ज पुगे

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा खटिएका निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराई निर्वाचन गराउनका लागि नेपालगञ्ज पुग्नु भएको छ । उहाँले नेपालगञज पुगे लगत्तै काँग्रेस बाँकेको कार्यालयमा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको छ ।
सो अवसरमा बोल्दै उहाँले पार्टीको निर्वाचनलाई सफल पार्ने सबैको दायित्व भएको जनाउँदै कांग्रेसका सबै क्रियाशिल सदस्य, नेतृत्व वर्ग र भातृ तथा शुभेच्छुक संस्थाले सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।
बाँकेमा अधिवेशन ढिलो भएपनि राम्ररी सम्पन्न गराएमा यसले देशभर राम्रो र सकारातमक सन्देश जाने निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।
निर्वाचन अधिकृत भट्टराईलाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले खादा ओढाएर स्वागत गर्नु भएको थियो । सो क्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू(संरक्षण मन्त्री सुरेन्द्र हमालसहित नेपाली कांग्रेसका जिल्ला, क्षेत्र तथा विभिन्न तहका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडाअधिवेशन सम्पन्न हुनेछन् । यस्तै कात्तिक ३० गते गाउँपालिका र नगरपालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते क्षेत्रीय अधिवेशन तथा महाधिवेशन महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *