१६ चैत्र २०८०, शुक्रबार

बाँके काँग्रेसको सभापतिकालागि चार जनाको उम्मेदवारी, कोइराला पक्ष ढुक्क

बाँके काँग्रेसको सभापतिकालागि चार जनाको उम्मेदवारी, कोइराला पक्ष ढुक्क

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १३ । नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत फागुन १९ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य शुक्रवार सम्पन्न भएको छ ।
जिल्ला सभापतिका लागि प्रदेश वनमन्त्री सुरेन्द्र हमाल, वादशाह कुर्मी, सुनिल नरसिंह राणा र नारायण गौडेलसहित चार जनाले उम्मेदवारी दर्ता गएको निर्वाचन समितिले जनाएको छ । चार जनाले उम्मेदवारी दिएपछि कोइराला पक्षका उम्मेदवार गौडेल आफ्नो जितप्रति ढुक्क देखिएका छन् ।
उम्मेदवारी दिनेहरु मध्ये गौडेल कोइराला समुहका हुनुहुन्छ भने अन्य तीन जना संस्थापन समुहका हुनुहुन्छ । संस्थापन समुहले एकजना मात्र उम्मेदवार दिने धेरै प्रयास गरेपनि तीनै जनाले नमानेपछि सबैले उम्मेदवारी दिएका हुन् । शनिवारसम्म उम्मेदवारी फिर्ता लिन सकिने हुँदा अझैपनि दुई जनालाई फिर्ता गर्न लगाउने प्रयास भैरहेको बताईएको छ ।
जिल्ला निर्वाचन अधिकृत एवम् अधिवक्ता उदयमणि आचार्यका अनुसार गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहनु भएको छ भने प्रदेश मन्त्री हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठ र कुर्मीको प्रस्तावकमा मो. नक्की खा र ज्ञानबहादुर ओली रहनु भएको छ । सोही प्रकारले राणाको प्रसतावकमा नविन कुमार भट्ट र समर्थकमा युवराज शाह रहनु भएको छ ।
यसैगरि उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ । सचीवमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सोही प्रकारले सह–सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ । सबै पदमा गरेर १३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । शनिबार बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *