१४ बैशाख २०८१, शुक्रबार

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४३९ जनाले गरे मतदान

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४३९ जनाले गरे मतदान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न शुरु भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चयन गर्न शुक्रवार विहान १० बजेदेखि जिल्ला समन्वय समितिमा सुरु भएको मतदानमा १४३९ जनाले मतदान गरिसकेका छन् । कुल १४९३ जना मतदाता रहेकोमा जम्मा १४३९ मत खसेको निर्वाचन कमिटीले जानकारी दिएको छ।
हिजो भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । सभापतिको दौडमा रहेका नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्र हमाल मध्ये तेस्रो स्थानमा आएका हमाल प्रतिष्पर्धाबाट बाहिरिएपछि गौडेल र कुर्मीबीच मात्र मतदान गराइएको छ । हमाल बाहिरीए पनि उनले पहिलो नम्बरमा आएका सभापतिका उम्मेदवार गौडलको समर्थन गर्दै आफ्ना मतदातहरुलाई मत दिएर गौडेललाई जिताउन आग्रह गरेका थिए।
विहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको निर्वाचन समितिले जनाएको छ। केहिबेरमा मतगणना शुरु गरिने जनाइएको छ । हिजो भएको निर्वाचनमा गौडेलले ५६९, कुर्मीले ५३८ र हमालले ३१४ मत पाएका थिए ।
कुल १४ सय ९३ मतदाता मध्ये १४ सय ४५ जनाले मत हालेका थिए । हिजै पदाधिकारी, सदस्य र महासमिति सदस्यहरुको निर्वाचन भइसकेको छ । पदाधिकारीहरुको मतगणना केहिबेरमा शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *