६ बैशाख २०८१, बिहीबार

बाँके कारागारका ३०७ कैदीबन्दीको आँखा परीक्षणसंगै निशुल्क औषधी वितरण

बाँके कारागारका ३०७ कैदीबन्दीको आँखा परीक्षणसंगै निशुल्क औषधी वितरण

समाचारदाता
नेपालगन्ज, साउन ३० गते । बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगन्ज उच्च बार एसोसियसनद्धारा कारगारमा सोमवार कैदीबन्दीका लागि निशुल्क आँखा शिविर सञ्चालन गरियो । फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निशुल्क औषधी वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताउनुभयो ।

उहाँले कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसंगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तिव्र गतिमा फैलिएको बताउनुभयो ।
जिल्ला अदालत बाँकेका न्यायधिश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधी हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गर्नुभयो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निशुल्क उपचार शिविर राखेर निकै सराहनीय काम गरेको बताउनुभयो ।
कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच गरेर राखिएकोले पनि आँखा पाक्ने रोग फैलिएको मानवअधिकारकर्मीले जनाएका छन् । इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले क्षमता भन्दा बढी कैदीबन्दी राखिएकोले सरुवा रोगको रुपमा रहेको ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको बताउनुभयो । यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुको पनि निशुल्क आँखा परीक्षण गरेर औषधी वितरण गरिएको थियो । गोरखापत्र अनलाइनबाट

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Leave a Reply

Your email address will not be published. Required fields are marked *