१४ बैशाख २०८१, शुक्रबार

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथक आफ्ना प्रतिद्धन्दीभन्दा धेरै अगाडी, स्थानीय जनता बिकासका पक्षमा

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथक आफ्ना प्रतिद्धन्दीभन्दा धेरै अगाडी, स्थानीय जनता बिकासका पक्षमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २१ । बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक आफ्नो प्रतिष्पर्धी भन्दा निकै अगाडी देखिनु भएको छ । सत्ता गठबन्धनका उम्मेदवार रहनु भएका अथकलाई गत पाँच वर्षमा गरेको बिकास निर्माणको काम र सत्ता गठबन्धनको बलियो अवस्थाले आफ्ना प्रतिद्धन्दी भन्दा निकै अगाडी पुरयाएको छ ।
गत चार वर्ष संघीय सांसद र एक वर्ष मन्त्री भएर अथकले क्षेत्र नम्बर १को विशेषगरि राप्तीसोनारी, नरैनापुर र कोहलपुरका लागि गरेका विभिन्न विकास निर्माण र जनताका सुखदुखमा दिएको साथका कारण उहाँको अवस्था अहिले निकै बलियो र सुदृढ देखिएको हो । गत स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ का तीनवटै पालिकामा एमालेले कुनै पालिका जित्न नसकेकोले सत्ता गठबन्धनको अत्याधिक मत रहेकोले पनि मन्त्री अथक निकै बलियो हुनुहुन्छ ।
अहिले नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका नेता कार्यकर्ताले एकजुट भएर निर्वाचनमा प्रचार प्रसार गर्नुका साथै मन्त्री अथकका लागि अदभुत एकता प्रदर्शन गर्नु भएकोले पनि उहाँको अवस्था निकै शसक्त देखिएको छ । मन्त्री अथकको विजय शुनिश्चित रहेको जनाउँदै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तत्प पौडेलले क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका सबै एकजुट भएर लागेको बताउनुभयो ।


उहाले संविधानको रक्षा र दलहरुको सुरक्षाका लागि पनि सत्ता गठबन्धनको विकल्प नरहेकोले कसैले पनि यताउता नगरेर सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । सोही प्रकारको धारणा कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्यले पनि व्यक्त गनुृभएको छ । ठुलो बलिदान र त्यागबाट प्राप्त उपलब्धिको रक्षा गर्नका लागि सबै दलले मिलेर गठबन्धनलाई जिताउनु पर्ने बताउनुभयो ।
क्षेत्र नम्बर १ का चुनावी सभाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासकालागि आवाज उठाईरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरीरहने बताउनुभएको छ । उहाँले आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक सदनमा राप्तीसोनारीको विकासको लागी कुरा उठाउदै आएको बताउँदै विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई बिकासको मुलधारमा ल्याउन सफल भएको दावी गर्नु भएको छ ।
मन्त्री अथकले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरिरहनुभएको छ ।
यस्तै क्षेत्र १ क लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले नरैनापुर र राप्तीसोनारीको विकासका लागी थुप्रै कामहरु अगाडी बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताईरहनुभएको छ । ‘हामीले केही कामहरु सुरु गरेका छौं, ति कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ’ उहाँले भन्दै आउनुभएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *