८ बैशाख २०८१, शनिबार

बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

सिराज खान
नेपालगञ्ज, भदौ २४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएसंगै निर्वाचनको माहोल देशभरि तातिंदै गएको छ ।
विशेषगरि भिआईपी सिटहरुमा निर्वाचनको चर्चा परिचर्चा चुलिएसंगै सर्वसाधारणले पनि आ आफ्नो तरिकाले हारजितको आंकडा लगाउने काम शुरु गरेका छन् । चियापसलदेखि लिएर विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा भैरहेका छन् ।
वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरु मन्त्री छन् । दुबैजनाले राम्रो र महत्वपुर्ण मन्त्रालय पाएकाले उनिहरुले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ र २ अहिले सर्वाधिक चर्चामा छ ।
बाँके १ का संघीय सांसद, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा जनयुद्धका कमाण्डर महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ भने बाँके २ का संघीय सांसद, मधेश आन्दोलनका पश्चिम कमाण्डर तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राई भौतिक पुर्वाधार तथा यातायात मन्त्री हुनुहुन्छ ।
संविधान, गणतन्त्र र संघियताको रक्षाका लागि पाँच दलविच बनेको गठबन्धन कायमै रहेको र यो निर्वाचनमा पनि सोही गठबन्धनबाटै उम्मेदवार मैदानमा आउने भएकाले दुबैजना मन्त्रीहरुको सिटको टिकेट उहाँहरुका लागि हालसम्म सुरक्षित नै रहेको छ ।
यद्यपी अहिले सबै दलले आआफ्ना संभावित उम्मेदवारको नाम सिफारिस गर्ने क्रम जारी नैछ । सो क्रममा मन्त्री राईको नाम उहाँको दलबाट एकल सिफारिस भएको छ भने मन्त्री अथकको नाम सिफारिस हुन अझै बाँकी छ । भदौ २७ गते हुने माओवादी केन्द्रको क्षेत्रको बैठकले नाम सिफारिस गर्ने जनाईएको छ ।


दुबैजना मन्त्रीहरुको केन्द्रमा राम्रो पकड रहेको छ । सोही कारण र गठबन्धनविच बनेको मापदण्डका कारण दुबैजनाले फेरी पनि आ आफ्नो निर्वाचन क्षेत्रबाट सहजै टिकट पाउने निश्चित छ ।
दुबैजना नेताहरु आ आफ्नो निर्वाचन क्षेत्रमा सधैं केन्द्रित रहने मतदातासंग भेटघाट गरिरहने, मतदाताको घरदैलोमा गैरहने नेतामा गनिनुहुन्छ ।
मन्त्री राईले सांसद हुँदै सहरी विकास मन्त्रीदेखि अहिले पुर्वाधार मन्त्री बन्दासम्म आफ्नो क्षेत्रका जनतालाई दर्जनौ विकासका योजना दिईसक्नु भएको छ भने मन्त्री अथकले दिनरात विभिन्न मन्त्रालयमा गएर आफ्नो क्षेत्रका लागि धेरै योजनाहरु पार्न सफल हुनु भएको छ ।
गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित बनिसकेपछि राईले राप्रपा र एमालेको संयुक्त उम्मेदवार धवल शमसेर राणासंग प्रतिष्पर्धा गर्नु हुनेछ भने अथकले सम्भवतः एमालेका उम्मेदवार सुर्य ढकाल वा अन्यसंग प्रतिष्पर्धा गर्नुहुनेछ ।
दुई पटक नेपालगञ्जको मेयर बनिसकेका राणाको छवि अब पहिलेजस्तो छैन । उहाँको मेयरको दोस्रो कार्यकाल निकै विवादित बन्यो । पार्टीमा आएको फुटले पनि उहाँलाई प्रभाव पार्ने निश्चित छ । विकासको नाममा सिन्को समेत नभाँचेको उहाँलाई आरोप छ । होटल व्यवसायी दिवाकर खनालको उम्मेदवारी अन्तिम दिनसम्म रहने हो भने राणाको अवस्था नाजुक बन्ने राजनितिक विश्लेषकको भनाई छ ।
अर्कोतर्फ विकासका कामहरुका कारण मन्त्री राईको अवस्था दिनदिनै बलियो र सुदृढ बन्दै गएको छ । तेस्रो पटक मन्त्री बनेको दुई महिना नपुग्दै उहाँले आफ्नो क्षेत्रमा विकासका धेरै योजना तान्न सफल हुनुभएको छ ।
हरेकको सुखदुखमा सहयोगी बन्ने, जनतासंग सधैं टचमा रहने र क्षेत्रको विकासका लागि एकोहोरो दौडधुप गर्ने छवि बनाउनु भएका राईलाई यहाँ टक्कर दिन कसैका लागि पनि त्यति सहज छैन । सोही कारणले हालसम्म उहाँ ग्रिन जोनमा हुनुहुन्छ ।
उता, मन्त्री अथक पनि जनतामा निकै लोकप्रिय हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा हुलाकी सडकदेखि, विद्युत पुर्याउन उहाँको प्रमुख भूमिका रहेको छ । सो का लागि गत एक दसकदेखि उहाँ क्रियाशिल हुनुहुन्छ ।
त्यसका साथै काठमाण्डौमा मन्त्रालय मन्त्रालय चहारेर उहाँले आफ्नो क्षेत्रका विद्यालयका छाना टिनमुक्त बनाउन, सिंचाईको व्यवस्था गर्न, प्राविधिक धारको पढाई शुरु गराउन र विद्यालय भवनहरुको निर्माणका लागि पनि थुप्रै योजना ल्याउन सफल हुनुभएको छ । गुटबन्दीका कारण आफ्नै पार्टीमा समस्यामा परेपनि जनतामा उहाँको छवि राम्रो छ ।
बाँकेबाट गठबन्धनले क्षेत्र नम्बर २ र १ बाट राई र अथकलाई उम्मेदवार बनाउने प्राय निश्चित छ भने क्षेत्र नम्बर ३ बाट काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार बन्ने बढी संभावना छ ।
अहिलेसम्मको समग्र अवस्था हेर्दा बाँकेबाट दुई जना प्रभावशाली मन्त्री र एकजना काँग्रेसका सहमहामन्त्री ग्रिनजोनमै हुनुहुन्छ । गठबन्धन कायमै रह्यो भने तीनै जनाले मंसिर ४ को परिक्षा पास गर्ने निश्चितजस्तै छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *