१२ बैशाख २०८१, बुधबार

बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री राई घरदैलो कार्यक्रममा व्यस्त, बिकास र सदभाव प्रमुख मुद्दा

बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री राई घरदैलो कार्यक्रममा व्यस्त, बिकास र सदभाव प्रमुख मुद्दा

समाचारदाता
नेपालगञ्ज, कात्तिक २ । यस पटकको निर्वाचनमा सर्वाधिक चर्चित रहेको बाँके क्षेत्र नम्बर २ का संघीय सांसदका उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले जनसम्पर्क र जन समर्थनलाई बढाउँदै अगाडी बढ्नु भएको छ । निर्वाचन क्षेत्रका सबै वडामा प्रचार कार्यालय स्थापना पश्चात घरदैलोमा व्यस्त हुनुभएका राईले विभिन्न पार्टीका नेता कार्यकर्तालाई जसपामा प्रवेश गराउने अभियान र जनतासंग प्रत्यक्ष भेट गरेर समस्या सुन्ने तथा समर्थन बढाउने अभियानलाई तिव्र पार्नु भएको छ ।
क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रमलाई अगाडी बढाउनु भएका नेता राईले जहाँ गएपनि मात्र बिकास र सदभावको नाममा सहयोग र समर्थन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँको टोली जुन टोल र वडामा पुगेपनि जनताको राम्रो र भव्य स्वागतसंगै ठुलो समर्थनको प्रतिवद्धता जाहेर भैरहेको पुर्व मन्त्री राईले बताउनुभयो ।

उहाँले बाँकेका जनता अहिले मात्र बिकास र सामाजिक धार्मिक सदभावको पक्षमा देखिएको जनाउँदै यो निर्वाचनमा बिकास गर्ने र गफ गर्ने, काम गरेर देखाईसकेका र अरुका कामलाई आफ्नो भनेर प्रचार गर्नेहरु तथा सामाजिक सदभाव कायम राख्ने र विथोल्नेविचको प्रतिष्पर्धा भैरहेको बताउनुभयो ।
जहाँ गएपनि जनताले मात्र बिकास र सदभावकै कुरा गरिरहेकोले अहिलेसममको बिकास प्रति सन्तुष्टि र थप बिकास ल्याउने प्रतिवद्धता खोजीरहेको पुर्वमन्त्री राईको भनाई छ । घरदैलो कार्यक्रम अन्तर्गत उहाँले बुधवार नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रमलाई तिव्रता लिनु भएको छ ।
निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपाले घरदैलो कार्यक्रम सुरू गरेको हो।
घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *