१२ बैशाख २०८१, बुधबार

बाँके प्रहरीद्धारा एकैरात ४८ जुवाडे पक्राउ, साढे चारलाख नगद बरामद

बाँके प्रहरीद्धारा एकैरात ४८ जुवाडे पक्राउ, साढे चारलाख नगद बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । तिहारको बेला नेपालगञ्ज र सो वरिपरि हुने गरेको लाखौं लाखको हारजितको जुवा नियन्त्रण अभियानमा लागेको बाँके प्रहरीले एकै रात ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती नेपालगञ्जको बाबु गाउँबाट ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको पनि उहाँले बताउनुभयो ।
करोडौंको जुवा भइरहेपनि प्रहरी मुकदर्शक बनेको जनगुनासो बारम्बार आएपछि प्रहरीले शुक्रवार रातीदेखि जुवा अपरेशन शुरु गरेको छ ।
एक्रै रातमा ४८ जना जुवाडेलाई पक्राउ गरिएपनि नगरका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले अझैपनि पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ । तर, बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने प्रहरीले साना ठुला नभनेर सबै जुवाडेलाई खोजी रहेको र पत्ता लाग्ने वित्तिकै पक्राउ गरिरहेको र गर्ने बताउनुभयो ।
उहाँले जुवाडेलाई प्रहरीको संरक्षण रहेको भन्ने आरोप सत्य नभएको प्रष्ट पार्दै प्रहरी संगठनले आफ्नो काम ईमान्दारीपुर्वक गरिरहेको बताउनुभयो । जुवा कतै भैरहेको छ भने त्यसको सुचना दिन समेत उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
नेपालगञ्जका ठुला र पहुँच भएका जुवाडेसंग प्रहरीको सेटिंग रहने गरेको आरोप हरेक वर्ष लाग्ने गरेको छ । त्यस्तो आरोप लाग्नु भनेको उनिहरु पक्राउ नपर्नुलेनै भएको स्थानीयले जनाएका छन् ।
बाँके प्रहरीले जुवाडे विरुद्ध विशेष निगानी शुरु गरेकोले सो नियन्त्रण हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *