८ बैशाख २०८१, शनिबार

बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

बाँके प्रहरीलाई लागु औषध, अवैध चोरी पैठारी र अन्य अपराध नियन्त्रणमा उल्लेख्य सफलता

६ महिनामा ९ करोड राजस्व संकलन, ठुलो परिमाणमा लागु औषध र चोरी तस्करीका सामान नियन्त्रणमा
सिराज खान
नेपालगञ्ज, माघ ४ गते । विभिन्न गैर कानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरीले वितेको ६ महिनामा गरेको प्रगति विवरण मंगलवार सार्वजनिक गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता डीएसपी मधुसुदन नयौपानेले ६ महिने उपलब्धीहरु पत्रकार समक्ष सार्वजनिक गर्नुभयो ।
गत ६ महिनाको अवधीमा बाँके प्रहरीले लागु औषध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण, बहुमुल्य जनावरको अंग तस्करी नियन्त्रण, ट्राफिक नियम उलंघन नियन्त्रण र गैर कानुनी कार्यमा संलग्नलाई पक्राउ गर्ने कुरामा बिशेष सफलता पाएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । उहाँले गत ६ महिनाको अवधीमा जिल्लामा प्रहरीलाई हालसम्मकै सबैभन्दा बढी सफलताहरु प्राप्त भएको समेत बताउनुभयो ।
बाँके जस्तो भारतसंग खुला सीमाना जोडिएको जिल्लामा सबैभन्दा ठुलो चुनौती लागु औषधको ओसार पसार र सेवन नियन्त्रण, अवैध पैठारी र तस्करी नियन्त्रण तथा अवैध हातहतियार भित्रिन नदिन नै रहेको जनाउँदै एसपी अधिकारीले यी सबै कुरामा प्रहरीले विशेष सफलता प्राप्त गरेको तथ्यांकलेनै पुष्टि गरेको बताउनुभयो ।
बाँके प्रहरीको ६ महिने प्रगति विवरण प्रस्तुत गर्दै बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको जानकारी गराउनुभयो। प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्करलाई कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लाख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ उत्खननबाट ३ लाख ३० हजार रुपैयाँ, जुवातास कारवाहीबाट ९ लाख ५१ हजार ६१० रुपैयाँ, काठ तस्कर कारवाहीबाट ६ लाख ५३ हजार ९०० रुपैयाँ, क्वारेन्टाईन नगराईएका कुखुरा तथा माछामासुबाट कारबाहीबाट २० लाख रुपैयाँ र फरार अभियुक्तबाट ३७ लाख ९९ हजार ५१४ रुपैयाँ जरीवाना गरी कुल ९ करोड ३९ लाख ९३ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको न्यौपानेले बताउनुभयो ।
गत आर्थिक बर्षको पहिलो ६ महिनामा प्रहरीले २ करोड ७५ लाख ३४ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरेकोमा यस वर्ष सोही अवधीमा ६ करोड भन्दा बढी राजस्व संकलन गरेको उहाँले जनाउनुभयो ।


बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेका अनुसार गत ६ महिनामा विभिन्न मुद्दाका १३९ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ। उनिहरुको कुल ६४ बर्ष १० महिना कैद रहेको र उनिहरुबाट ३७ लाख ९९ हजार ५१४ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ । त्यसैगरी, २६५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेश, ३५४३ ट्याव्लेट नाईट्राजेपाम ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा, १४३० ट्याव्लेट ट्रमाडोलसहित ८८ जना लागू औषध कारोबारीलाई पक्राउ गरेको पनि सो अवसरमा जनाईएको थियो । उनिहरुको साथबाट ५ लाख ११ हजार नगद समेत बरामद गरिएको थियो ।
बाँके प्रहरीले यो ६ महिनाको अवधिमा नेपालगञ्ज विमानस्थलबाट ४ किलो २९.१९ ग्राम सुनसहित दुई जना सुन तस्करलाई पक्राउ गरेको थियो । जसको बजार मूल्य ३ करोड १३ लाख ९७ हजार ६७५ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सुन भनि सुन जस्तो नक्कली धातु देखाई १५ लाख रकम लिई ठगी गर्ने दुई व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान गरीरहेकोछ । प्रहरीले भन्सार चोरी पैठारीमा २७ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रहरीले १ करोड बढी भन्सार राजस्व संकलन गरेको जनाएको छ ।
२० लाख मूल्य बराबरको भारतबाट अवैधरूपमा भित्र्याईएको बोईलर कुखुरा, चल्ला, मासु, माछा सहित ७ जना लाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको, बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित्त ४, हात्तीको दाँत २ सहित १० जना लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको, साढे ६ लाख मुल्य बराबरको अबैध सालको काठसहित ३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
कटुवा पेस्तोल ३, एयरपेस्तोल १, भरुवा भन्दुक १, सोमा लाग्ने छर्रा ३ सहित ४ जना लाई पक्राउ गरी कारबाही गरिएको र हालसम्म कुल ५३७ मुद्दामा ६७४ जनालाई पक्राउ गरी कारबाही गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।
हारजित हुने गरी जुवा तास खेल्ने ६१ जना जुवाडेलाई पक्राउ गरी कारबाही गरिएको र उनिहरुको साथबाट ९ लाख ५१ ह्जार ६१० रुपैयाँ बरामद गरिएको, नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ टिप्पर, १० टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही लागि सम्बन्धित जिल्ला समन्वय समितिरन।पा।रगा।पा।मा पठाई सोबाट ३ लाख ३० हजार बराबरको राजश्व संकलन गरिएको उहाँले बताउनुभयो ।
प्रहरीले नेपालगंज तथा कोहलपुर एरियाका बिभिन्न होटलहरुमा यौन व्यवसाय संचालन गर्ने, आगन्तुहरुलाई दु ख हैरानी दिने १६ वटा होटल, रेष्टुरामाथि आवश्यक छानविन गरी संलग्न ५ वटा होटल तथा रेष्टुराका संचालकसहित ११ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई पक्राउ गरी कारबाही गरिएको, ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २० हजार ५३५ सवारी साधनलाई कारबाही गरी १ करोड १२ लाख ३४ हजार ५०० राजश्व संकलन गरिएको, जिल्लाका बिभिन्न स्थानहरुबाट चोरी भएका ३ वटा स्कुटी र ११ वटा मोटरसाईकल बरामद गरी सवारी साधन चोरी कार्यमा संलग्न १७ जना लाई कारबाही गरेको पनि सो अवसरमा जनाईएको थियो ।
यसका साथै जमुनाहा नाकाबाट जोखिमपुर्ण कामका लागि भारततर्फ जाँदै गरेका ९२ जना महिला र ३४ जना पुरुष गरेर १२६ जनाको उद्धार गरेर उनिहरुलाई अभिभावकको जिम्मा लगाएर घर पठाईएको पनि डीएसपी न्यौपानेले बताउनुभयो । उहाँले नेपालगञ्ज बजार क्षेत्रमा जडान रहेका विग्रिएका सीसीटीभि क्यामेराहरुको मर्मत सम्भारको काम पनि शुरु गरिएको बताउनुभयो ।
सो अवसरमा वडा प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्काको पनि उपस्थिति रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *