१२ बैशाख २०८१, बुधबार

बाँके बर्दियाका चिसो प्रभावित अति विपन्न बृद्धबृद्धालाई कम्मल वितरण

बाँके बर्दियाका चिसो प्रभावित अति विपन्न बृद्धबृद्धालाई कम्मल वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ माघ । चिसो र शितलहरबाट अत्याधिक प्रभावित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका १३३ र नेपालगञ्जका १७ जना अति विपन्न परिवारका बृद्ध बृद्धालाई बाँके युनेस्को क्लबले कम्मल वितरण गरेको छ ।
नेपाल युनेस्को क्लबहरुको राष्टिय महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकारको सहकार्यमा प्राप्त भएका कम्मलहरुलाई बाँके युनेस्को क्लबले गेरुवा गाउँपालिका र बर्दिया युनेस्को क्लब टपराको समन्वयमा वितरण गरिएको हो ।
गेरुवा गाउँपालिकामा ९० जना, राजापुर नगरपालिकामा ४३ जना र नेपालगञ्जका १७ जना अतिविपन्न बृद्धबृद्धालाई कम्मल वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
शनिवार बर्दियाको गेरुवा र राजापुरमा आयोजित कार्यक्रममा युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को आयोगका सदस्य हरिबंश किरात, युनेस्को आयोगका सदस्य तथा युनेस्को क्लब महासंघका महासचिव महेश्वर शर्मा र युनेस्को आयोगका शाखा अधिकृत इन्दिरा बुढाथोकीलगायतले कम्मल वितरण गर्नुभयो ।

सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यसमिति सदस्य फिर्दौस जहाँ, कार्यक्रम संयोजक गोविन्द लामिछाने र परियोजना अधिकृत अनुप बर्मा लगायतको पनि कम्मल वितरणमा सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि डा.अधिकारी लगायत अतिथिहरुले पनि चिसोबाट अति प्रभावित विपन्न बृद्धबृद्धालाई दिपक सरकारले कम्मल उपलब्ध गराउनु भएकोमा उहाँप्रति आभार व्यक्त गर्नुभयो ।
गेरुवा गाउँपालिकाका उपाध्यक्ष हेमा कुमारी थरुनीले कम्मल उपलब्ध गराउने र सो का लागि समन्वय तथा सहकार्य गर्ने लगायत सहभागि हुने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
गेरुवाको कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष हेमा कुमारी थरुनी र राजापुरको कार्यक्रम बर्दिया युनेस्को क्लब टपराका अध्यक्ष भिमसेन चौधरी अध्यक्षतामा सम्पन्न भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *