३१ जेष्ठ २०८१, बिहीबार

बाँके, बर्दिया र कैलालीमा ‘तातो हावा परियोजना’ अन्तर्गत विभिन्न सामाग्री बितरण

बाँके, बर्दिया र कैलालीमा ‘तातो हावा परियोजना’ अन्तर्गत विभिन्न सामाग्री बितरण

समाचारदाता
नेपालगन्ज, जेठ २२ । बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा सञ्चालन गरिएको ‘तातो हावा परियोजना’ अन्तर्गत विपन्नलाई गर्मी र लु बाट जोगाउन बिभिन्न कार्यहरु भइरहेका छन् ।
स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोग र कतार च्यारिटिको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको सो परियोजना अन्तर्गत कक्षाकोठामा गर्मी कम गर्न र आरामसँग शिक्षा प्राप्त गर्न तीन जिल्लाका दशवटा विद्यालयमा ३५० वटा सिलिङ्ग फ्यान जडान गरि विद्यालयका बालबालिकालाई गर्मीबाट बच्न छाता, खानेपानीको बोतल, ओआरएस र ग्लुकोज पाउडर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले विद्यालय परिसरमा पानीको सहज पहुँचका लागि दसवटा विद्यालय परिसरमा १० वटा पानी कुलिङ वाटर सिस्टम जडान गरिएको र पाँच वटा सार्वजनिक स्थानमा पनि कुलिङ वाटर सिस्टम जडान गरिएको बताउनुभयो ।
सोही प्रकारले खाद्यान्नमा पहुचको लागि ज्यालादारी, एकल महिला, अपाङ्गता भएका व्यक्ति, गर्भवती र सुत्केरी आमा गरेर सात सय घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई छाता, रुमाल, औषधियुक्त लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको छ ।
यसैगरि नगरपालिकामा सेवा लिन आउने सर्वसाधारणलाई चिसो पानीको सुविधा उपलब्ध गराउन नेपालगन्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकाका परिसरमा वाटर कुलिङ सिस्टम जडान गरिएको छ भने विश्रामस्थल जडानको काम भइरहेको छ । स्थानीय बासिन्दालाई हाइड्रेटेड बनाउनको लागि सार्वजनिक स्थानमा निःशुल्क पानी वितरण गर्ने कार्य निरन्तर चलिरहेको छ ।


त्यसका साथै तीन जिल्लाका पाँच पालिकाका ६ हजार बालबालिकालाई छाता, जिवनजल, ग्लुकोज, पानी खाने बोतल र झोला समेत वितरण गरिंदै छ ।
विभिन्न सामाग्री बितरण गरिएकाहरुलाई सामाग्री प्रदान गर्र्नु अघि गर्मी र लु बाट जोगिने उपायहरु सिकाउनुका साथै ध्यान दिनुपर्ने कुराहरुको जानकारी गराईएको थियो ।
कतार च्यारिटीका परियोजना प्रबन्धक इरशाद अली शेखको नेतृत्वमा रहेको एक टोलीले वितरण कार्यक्रमको अनुगमन गरेको थियो । सो टोलीमा कतार च्यारिटिका परियोजना संयोजक फारिस, केफस महर्जन र रचना थापा स्टार्ट फन्डका कार्यक्रम प्रबन्धक प्रमिला सुवेदी र साझेदारी विशेषज्ञ सम्झना घिमिरेको सहभागिता रहेको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, मुख्य संरक्षक परवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, महासचिव बुधेश जैसवाल, कोषाध्यक्ष फिरदौस जहाँ, कार्यकारिणी सदस्यहरु मिना भुसाल र जावेद सिद्दिकी, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, अनुगमन अधिकृत बिनिता आरसी, परियोजना अधिकृत नदीम शाह, सामाजिक परिचालक तथा स्वयंसेवकहरुको समेत सहभागिता रहेको थियो ।
अत्यधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिका, बर्दियाको गुलरिया नगरपालिका तथा कैलालीको धनगढी नगरपालिकामा ४५ दिने ‘तातो हावा परियोजना’ संचालन भइरहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *