१६ चैत्र २०८०, शुक्रबार

बाँके २ को प्रदेशसभा २ का लागि माओवादीका अकल बम प्रति मतदाताको आकर्षण बढ्दैछ

बाँके २ को प्रदेशसभा २ का लागि माओवादीका अकल बम प्रति मतदाताको आकर्षण बढ्दैछ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १३ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न दलका उम्मेदवार तथा समर्थक र सहयोगीहरु यति बेला प्रचार प्रसारमा व्यस्त छन् । उनिहरुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा तिव्रता दिएका छन् ।
सोही क्रममा पछिल्लो समयमा आएर बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ का लागि लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केद्रका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका युवा नेता अकल बहादुर बमले पनि मतदाता भेटघाट र प्रचार प्रसारलाई तिव्रता दिएका छन् । मतदातासंगको भेटघाटलाई बढाएको जनाउँदै उनले आफुलाई हरेक वर्ग र क्षेत्रका मतदाताको निकै राम्रो समर्थन प्राप्त भैरहेको बताए ।
माओवादी केन्द्रको एजेण्डामा अहिले देश अगाडी बढी रहेकोले माओवादीकै जनप्रतिनिधि केन्द्र र प्रदेशमा पुगे भने सबै कुरामा सहज हुने र एजेण्डाहरुको सही कार्यान्वयन हुने उम्मेदवार बमले बताए । उनले नेपालगञ्ज लगायत बाँकेको समग्र विकास र नाकाको पनि व्यवस्थापनका लागि माओवादीकै जित अपरिहार्य भएको बताए ।

प्रचार प्रसारलााई तिव्र पार्दै आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को सम्पर्क कार्यालय पनि बमले उदघाटन गरेका छन् । निर्वाचनमा जित हासिल गर्नका निमित्त अहिले चुनाव प्रचार प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने सम्पुर्ण वडा कार्यालयहरुमा सम्पर्क कार्यालयहरु स्थापना भैरहेको उम्मेदवार बमले बताए । वडा वडामा सम्पर्क कार्यालय हुँदा जनतासङ्ग भेटघाट हुन र आफ्ना कार्यक्रम तथा मुद्दाहरुलाई जनतासामु लैजान निकै सरल हुने उनले बताए ।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार रहेकी महिला नेतृ काली मिया कस्मिरा, निर्वाचन परिचालन समितिका संयोजक नबिन शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
केन्द्रमा ५ दलिय गठबन्धन बनाएर देसैभर चुनावी मैदानमा उत्रिएका पार्टीमध्येका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबिच भने बाँके निर्वाचन क्षेत्र नम्बर २ को २ लुम्बिनी प्रदेश सभा सदस्यमा भने गठबन्धन हुन सकेको छैन । यो क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट अकल बहादुर बम र काँग्रेसका तर्फबाट सुरेन्द्र हमालले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
हमाल दोस्रो पटक उम्मेदवार बनेकाले यस पटक यस क्षेत्रका अधिकांश जनता नयाँ जनप्रतिनिधि निर्वाचित गर्ने मुडमा देखिएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *