१२ बैशाख २०८१, बुधबार

बाँके २ बाट मन्त्री राईको मात्र नाम सिफारिश गरिएको छ–प्रदेश अध्यक्ष अशोक यादव

बाँके २ बाट मन्त्री राईको मात्र नाम सिफारिश गरिएको छ–प्रदेश अध्यक्ष अशोक यादव

समाचारदाता
नेपालगञ्ज, असोज ४ । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईशितयाक राईको मात्र नाम सिफारिश गरिएको जानकारी गराउनु भएको छ । मन्त्री राई बाहेक अरुको पनि नाम सोही क्षेत्रबाट जसपाले सिफारिस गरेको भनि केही सञ्चार माध्यममा प्रशाशित भएपछि प्रदेश अध्यक्ष यादवले आफ्नो फेसबुक वाल मार्फत अरु कसैको पनि नाम सिफारिस नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।
उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ–पत्रकारिताको धर्म बिर्सेर आफुले बोल्दै नबोलेको कुरालाई ब्यंग्याएर समाचार लेख्ने साथीहरुलाई मेरो सुझाव पितपत्रकारिताम अल्झेर गलत प्रचारबाजी गर्न तर्फ नलागेकै राम्रो। समसुलहक राईको नाम सिफारिस भएको ब्यवहोरा सहितको समाचार सरासर गलत भएको सबैमा जानकारीको अनुरोध छ । प्रदेश समितिले केन्द्रीय समितिमा मोहम्मद ईस्तियाक राईको‌ एकल नाम सिफारिस गरेको ब्यवहोरा सबैमा जानकारी गराईन्छ।
अध्यक्ष यादवले आफ्नो नाम जोडेर गलत सन्देश किन प्रवाह गरियो सो बारेमा आफुले बुझ्न नसकेको जनाउँदै कानुनी उपचारमा जाने चेतावनी पनि दिनुभएको छ । जसपा बाँकेको क्षेत्र नम्बर २ को समितिले पनि मन्त्री राईको एकल नाम सिफारिस गरेर पठाएकाले जिल्लाले पनि सोही नामलाई प्रदेशमा पठाएको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *