७ बैशाख २०८१, शुक्रबार

बाघ नियन्त्रणमा लिन प्राविधिक टोली राप्तीपारीको जंगलमा सक्रिय, आज रातभरी जंगलमै बस्ने

बाघ नियन्त्रणमा लिन प्राविधिक टोली राप्तीपारीको जंगलमा सक्रिय, आज रातभरी जंगलमै बस्ने

सिराज खान
नेपालगञ्ज, पुस २८ गते । बाँकेको राप्तीपारीमा आतङ्क मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बाघ रहेको सम्भावित स्थान पत्ता लगाइ नियन्त्रणमा लिने प्रयास थालेको छ ।
बाघलाई खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिकहरु अमिर सडौला र तीर्थ लामाकोे टोलीले मानव बस्तीदेखी करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले जानकारी दिनुभयो ।
बाघको पाइला फेला पारेपछि टोली सोही क्षेत्रमा केन्द्रित भएको जनाउँदै बाघ नियन्त्रणको कार्य गरिरहेको उहाँले बताउनुभयो । खड्काका अनुसार नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् ।


बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारास्वरुप एउटा पाडो लगेर जङ्गलमै छाडिएको भए पनि गएको रातमा सो पाडो बाघले नखाएको उहाँहरुको भनाइ छ । बुधवार फेरि दुई वटा ठाउँमा दुईवटा पाडो राखेर प्राविधक टोली राती जङ्गलमै बस्ने सूचना अधिकारी खड्काले बताउनुभयो ।
पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिने योजना प्राविधिक टोलीले बनाएको अधिकारीले बताउनुभयो । बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा राखेर ब्यवस्थापन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
बाघले दिनदिनै स्थानीय गाउँबासीलाई मार्न थालेपछि राप्तीपारीका स्थानीय बासिन्दा त्रसित छन् । बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो । बाघले विगत डेढ हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दैआएको स्थानीयको भनाइ छ ।
बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सब–डिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।(गोरखापत्र अनलाइनबाट साभार)


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 Comment

  • Shristi Basnyat

    I am so glad that something is finally being done to catch this maneater. As sad as it is for the victims & their families, Tigers are wild animals and the jungle is their home. Sooner or later, someone is bound to get killed because their(Tiger’s) habitat is slowly getting depleted due to encroachment & excessive lumbering. These villages should get re-located elsewhere to avoid animal-human conflict. I would hate to see anyone harming animals because they do not have the capacity to judge what is wrong or right and as for us,human beings , it is WRONG to carry out deforestation & it is WRONG to kill animals.

Leave a Reply

Your email address will not be published. Required fields are marked *