८ बैशाख २०८१, शनिबार

बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । बाँके युनेस्को क्लबले बालसंरक्षण र बालअधिकारका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरेको छ । क्लबले विश्व शिक्षाको सहयोगमा संचालन गरेको सक्रिय परियोजना अन्र्तगत सो समिति गठन गरिएको हो ।
१३ सदस्यीय नवगठित उक्त बालअधिकार समितिमा वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रा संयोजक र रामलाल यादव, मायाराम यादव, सुशिला वर्मा, केलाराम महावत, रामचरण यादव, राजकुमारी मौर्य, निर्मलादेवि कोरी, मर्दान अली शेष र बच्छराज यादव लगायत प्रहरी चौकी प्रमुख, वडा बालक्लब संजालका प्रतिनिधिहरु सदस्य रहेका छन् । सो अवसरमा वडा अध्यक्ष मिश्राले बालश्रम अन्त्यका साथै बालबालिकासम्बन्धि अन्य विभिन्न संरक्षणका कामहर समितिले गर्ने प्रतिवद्धता सो अवसरमा जनाउनुभयो ।

बालबालिकाको अधिकार विशेष गरेर बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि बालअधिकार समितिको क्षमता विकास गर्ने, मासिक बैठक बस्ने, र बालकालिका सम्बन्धि कार्ययोजनालाई सुचारु रुपले कार्यन्वयन गर्ने निर्णय सो अवसरमा सर्व सम्मतिबाट पारित भएको परियोजनाका मुलयांकन तथा अनुगमन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।
बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बालबालिकाको अधिकार सुनिश्चितता र सर्वोत्तम हितका लागि सबै एक जुटभएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *