१५ चैत्र २०८०, बिहीबार

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर १५ । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो दुईदिने तालिममा क्लबको बोर्डका पदाधिकारी र सदस्य तथा बालसंरक्षण कार्यक्रम एवं पर्ल परियोजना अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा विभिन्न संरक्षण सम्बन्धी बिषय जस्तै सुरक्षा नीति, बालबालिकाको दृष्टिकोण, बाल दुव्र्यवहारको समस्या, व्यक्तिगत मूल्य र मनोवृत्ति लगायतका बारेमा गहन छलफल भएको र जानकारी गराईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
तालिमको सहजीकरण प्लान इन्टरनेशनल नेपालका बाल संरक्षण फोकल पर्सन तथा प्राविधिक सल्लाहकार सुनिल हकाजु श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी तथा उपाध्यक्ष ललिता चौधरीले तालिम निकै सफल भएको र यसबाट सहभागिलाई बालबालिका र युवाविच काम गर्न सहज हुने बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट फिल्ड सुपरवाइजर सञ्जिता रिजाल, कार्यक्रम अधिकृत गुलाम गौस, ईश्वर विक र प्लान इन्टरनेसनलका कार्यक्रम अधिकृत गोमा ओली चौधरीले आ आफ्नो धारणा राख्दै यो तालिमले बालबालिका र युवाको संरक्षण नितिका बारे पुर्ण रुपमा जानकारी गराएको बताउनुभयो ।
उहाँहरुले बालसंरक्षण नितिलाई कार्यान्वयनमा ल्याइने जनाउँदै सो बारेमा अन्यलाई पनि जानकारी गराउने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो ।
क्लबले बाँके र बर्दियाका विभिन्न पालिकामा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *