८ बैशाख २०८१, शनिबार

बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम

बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज १० । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बालदुव्र्यवहार , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईएको उहाँले बताउनुभयो ।

अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन्न समस्या तथा चुनौतीहरु जस्तै बाल बिवाह सामाजिक विभेद ,लैंगिक विभेद बालबालिकाका विरुद्ध हुने हिंसा लगायतका बिसयमा समुदाय स्तरमा कसरि सम्बाद चलाउने भन्ने बारे छलफल गरिएको थियो ।
अति बिपन्न , जोखिममा रहेका तथा प्रायोजित परिवारका अभिभावक, किसोरी क्लब साथै समुदाका अगुवाहरु लक्षित् गरि बाल बालिकाको समग्र बिकाश तथा समुदायमा रहेका विभिन्न हिंसा दुर्ब्यबहार बाल बिवाह लगायतका बिषयमा अभियान संचालन गर्नको लागि समुदाय सहजकर्तालाई यो तालिम प्रदान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमको समापन समारोहमा बोल्दै सहभागी मोनिका थारुले तालिम असध्यै राम्रो भयको र सिकेका कुरा समुदायमा सिकाउने साथै यो अभियानमा निरन्तर लागि रहने कुरा बताउनुभयो ।
तालिमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले सस्थाले बर्दिया जिल्लामा संचालन गरेका कार्यक्रमको प्रभावकारिता र तालिम पश्चात समुदाय स्तरमा रोलाउट गर्नका लागि अपनाउनु पर्ने बिधि प्रक्रियाका बारेमा जानकारी गराउदै सफलताको सुभकामना समेत ब्यक्त गर्नुभयो । बाल संरक्षण परियोजना अन्तर्गत सचालित तालिमको सहजीकरण इश्वर बिक ,जनक चौधरी , डम्मर परियार र संजिता रिजालले गर्नुभयको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *