७ बैशाख २०८१, शुक्रबार

बासको २१ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

बासको २१ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । स्थापनाको २१ बर्ष पुरा भएको अवसरमा शुक्रवार बासले संस्थाको २१औं बार्षिकोत्सब नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सब कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार पूर्णलाल चुके लगायतले सुशासन र पारदर्शिता कायम गर्न बास सक्रिय रहेको बताउदै आगामी दिनमा थप सशक्तरुपमा अगाडी बड्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे ।
बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ । कोभिड १९ न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु श्रेष्ठलाई सम्मान गरिएको छ ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा सास्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी ३ सय बढीको सहभागिता रहेको थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले उत्कृष्ट कर्मचारीको घोषणा गर्दै बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक शोभा थापा मगर, हेल्पडेस्क सहजकर्ता शिब कुमार यादब र शोभा सुवेदी लाई उत्कृष्ट कर्मचारी २०७८ घोषणा गरेका थिए । सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्सेर राणा र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
यसैगरी बार्षिकोत्सबको अवसरमा हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास रुपन्देही शाखा प्रथम हुन सफल भएको छ । यसैगरी बाँके शाखा द्धितिय र झापा शाखाले तृतीय स्थान हासिल गरेको छ ।
यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *