१४ बैशाख २०८१, शुक्रबार

बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

नेपालगञ्जपाटी डेस्क
नेपालगञ्ज, मंसिर १६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उहाँले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताउनुभयो ।
समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ । कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उहाँले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।
महिला र बालबालिकाको सवालमा अलि बढि संबेदनसिल हुन आग्रह गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रणमा कसैसंग सम्झौता गर्न नहुने भन्दै उहाँले दाङमा एसपि भएर काम गर्दा गुण्डा गर्दि नियन्त्रण, बैदेशिक रोजगार ठगि, यातायात सिन्डिकेट लगायत विभिन्न आपराधिक गतिबिधी नियन्त्रणमा सफल भएर दङ्गालिको मन जितेको स्मरण गर्नुभयो ।


प्रहरीका बिभीन्न मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई शान्ति सुरक्षा, मानव अधिकारमा सम्वेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न आग्रह गर्दै उहाँले गएको प्रदेश र संघको निर्वाचनलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले प्रदेशको र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलिले जिल्लाको शान्ती सुरक्षाको अबस्थाको बारेमा आईजिपि सिंहलाई बिर्फिङ गर्नुभयो। त्यस्तै उहाँहरुले आफ्नो कार्यकालमा सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुका साथै शान्ती सुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने प्रतीबद्धता ब्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख ओलिले प्रहरी महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु, मातहतका प्रहरी युनिट इन्चार्ज, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिती रहेको थियो ।
आईजिपि सिंहले धारपानी मन्दीरको दर्शन गर्नु भयो भने ब्रह्मकुमारी बिश्व बिद्यालयले प्रहरी महानिरीक्षक सिंहसहित नेपाल प्रहरी श्रीमती संघकि अध्यक्ष तथा उहाँकि धर्मपत्नी कुसुमलता सिंह ,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी नलप्रसाद उपाध्याय र उहाँकि धर्मपत्नी सुनम उपाध्याय तथा जिल्ला प्रहरी दाङका प्रहरी उपरीक्षक वीर बहादुर ओलिलाई स्वागत तथा सम्मान गरेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *