१५ बैशाख २०८१, शनिबार

बि ग्रुपद्धारा दुई संस्थालाई शुसासन र क्षमता विकास तालिम प्रदान

बि ग्रुपद्धारा दुई संस्थालाई शुसासन र क्षमता विकास तालिम प्रदान

समाचारदाता
नेपालगञ्ज, पुस ७ । बि ग्रुपले बाँकेका दुई वटा संस्थाको क्षमता विकासका लागि नेपालगञ्जमा तीन दिने सुशासन तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाल र बाँके कवाडी मालसमान व्यवसायी संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई तीन दिने क्षमता विकास तालिम प्रदान गरिएको हो ।
सो तालिमको उदेश्य संस्थागत विकास, सुशासनको क्षेत्रमा सबलिकरण गर्दै संस्थागत व्यवस्थापन र कार्यसमितिको निर्णय गर्ने प्रक्रिया, पदीय जिम्मेवारी वहन गर्ने क्षमता अभिबृद्धि, साधारणसभा गर्ने प्रक्रिया, पब्लिक अडिट र आर्थिक अडिट कहिले र कसरी गर्ने बारेमा प्रशिक्षण दिएर सक्षम बनाउने रहेको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
तालिममा संस्थाको अनुगमन र मुल्यांकन गर्ने प्रक्रिया र संस्थाका साधारण सदस्यहरुलाई समावेशी र क्षमतावान कसरी बनाउने भन्ने बारेमा पनि प्रशिक्षण दिईएको उहाँले बताउनुभयो ।

संस्थाको आन्तरिक नियन्त्रण संयन्त्रको बारेमा पनि तालिममा बृहत छलफल भएको जनाईएको छ ।
सो तालिमका प्रशिक्षक प्रकाश उपाध्याय रहनु भएको थियो भने तालिममा दुबै संस्थाबाट पदाधिकारी र कार्यसमिति सदस्य गरेर २१ जनाको सहभागिता रहेको थियो ।
तालिमको समापनको अवसरमा बिहिबार आयोजना गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले पेशागत तथा वातावरणीय स्वास्थ्यका लागि बि ग्रुपले निकै सराहनीय काम गरिरहेको जनाउँदै त्यसका लागि उपमहानगरपालिकाले हर प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
बि ग्रुपका कार्य समिति सदस्य डा. इन्द्र भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा परियोजनाको बारेमा व्यवसाय विकास अधिकृत समद सिद्दिकीले जानकारी गराउनु भएको थियो भने एमडीएम फ्रान्सका सामुदायीक सल्लाहकार गोविन्द चौधरीले परियोजनाले ल्याएको परिवर्तन बारे बताउनु भएको थियो ।
तालिमका सहभागिहरुको तर्फबाट बोल्दै बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकी र बाँके कवाडी मालसमान व्यवसायी संघका सचिव अल्फात खानले तालिमबाट संस्थागत विकासमा ठुलो सहयोग मिलेको बताउनुभयो । कार्यक्रम सञ्चालन परियोजनाका कृषि प्राविधिक लक्ष्मी प्रसाद आचार्यले गर्नु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *