१५ आश्विन २०८०, सोमबार

बी ग्रुपद्धारा नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन तालिम सम्पन्न

बी ग्रुपद्धारा नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन तालिम सम्पन्न

समाचारदाता
नेपालगञ्ज, जेठ ३१ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहरबाट हुने जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ ।
तालिममा नेपालगञ्जभित्र स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न २५ जना सरसफाईकर्मीको सहभागिता रहेको थियो ।
सरसफाईकर्मीलाई नेपालको स्वास्थ्यजन्य सरसफाई सम्बन्धि कानुन, नियम, सिद्धान्त, फोहरलाई स्रोतमै पृथकिकरणगर्ने प्रकृया र आवश्यकता, सुइ काट्ने तरिका, फोहरलाई सुरक्षित ढुवानी गर्ने प्रकृया, स्वास्थ्यजन्य फोहरलाई निर्मलिकरण गर्ने तरिका, निर्मलिकरण भए नभएको थाहा पाउने तरिका, फोहर व्यवस्थापन गर्दा सरसफाईकर्मीलाई हुन सक्ने जोखिम, जोखिम न्यूनिकरण गर्न आवश्यक कार्यहरु, जोखिमको मुल्याङ्कन बारेमा प्रदर्शन तथा छलफल गरिएको थियो ।
स्वास्थ्यजन्य फोहर विज्ञ गंगाबहादुर खत्रीले मुख्य प्रशिक्षकको रुपमा रहेर तालिम संचालन गर्नु भएको थियो ।
नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्जलाई पश्चिम क्षेत्रकै स्वास्थ्यको हबको रुपमा विकास गर्नकालागि सरकरी तथा गैर सरकारी संस्थहरुको समन्वयमा विभिन्न कार्यक्रम र योजनाहरु कार्यान्वयन गरिरहेको छ ।
नेपालगञ्जभित्र रहेका सरकारी तथा निजि स्वास्थ्य संस्थाहरुको मुख्य समस्याको रुपमा रहेको स्वास्थ्यजन्य फोहरको व्यवस्थापनलाई सहयोग गर्न हाल ल्याडफिल्ड साइटभित्र एकिकृत स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र संचालनमा रहेको छ ।
उक्त केन्द्र सरकारी–निजि साझेदारीमा संचालनमा रहेको छ । हाल नेपालगञ्जमा मात्र दैनिक १५० जनाभन्दा बढि सरसफाईकर्मीहरु स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न रहेका छन् ।


एकिकृत स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र संचालनमा आएपछि, फोहर व्यवस्थापनमा सहजता आएपनि फोहर व्यवस्थापनमा संलग्न रहेका सरसफाईकर्मीलाई जोखिम वढिरहेको छ ।
स्वास्थ्यजन्य फोहर व्यवस्थापनका सरसफाईकर्मीहरुलाई सुईले घोच्ने, सिसाहरुले काट्ने, शरिर चिलाउने, विरामी पर्ने भै रहने हुदाँ यसलाई न्युनिकरण गर्न उक्त तालिम संचालन गरिएको बी ग्रुपका व्यवसाय विकास अधिकृत समद सिद्धिकीले जनाउनु भयो ।
नेपालगञ्जमा एकिकृत स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र संचालनमा रहे पनि सम्पुर्ण स्वास्थ्य संस्थाहरु हाल सम्मपनि केन्द्रसंग आवद्ध भएका छैनन् ।
केन्द्रले नेपालगञ्ज उप–महानगरले तोकेको दरमा स्वास्थ्य संस्थाबाटनै फोहर उठाउदा पनि थोरै मात्र संस्था केन्द्रसंग आवद्ध भएको केन्द्रका संचालक भानु भट्टले जनाउनु भयो ।
हालपनि स्वास्थ्य संस्थाहरुले स्वास्थ्यजन्य फोहर घरायसी सामान्य फोहरमा मिसाएर फाल्ने, बाटोमा फाल्ने, लुकाएर जंगलमा फाल्ने तथा गाड्ने गरेको पाइएको र उक्त कार्यले सामान्य फोहर पनि जोखिमयुक्त बनेको केन्द्रका संचालकको अनुभव छ ।
स्वास्थ्यजन्य फोहर व्यवस्थापन र पेशागत स्वास्थ्य तथा सुरक्षा तालिमले सरसफाईकर्मीको ज्ञान बढ्ने साथ साथै जोखिम न्युनिकरणमा सहयोग पुग्ने आशा गरिएको छ ।
भेरी वातावरणीय विशिष्ठ समुहले, एम.डि.एमफ्रान्स, जि.आई.जेड तथा ए.एफ.डिको आर्थिक सहयोगमा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना संचालन गरिरहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *