१४ बैशाख २०८१, शुक्रबार

बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

बुद्ध एअरबाट काठमाण्डौ जान लागेकी महिला चरेससहित पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । बुद्ध एयरबाट काठमाडौं जान लागेकी एक महिलालाई नेपालगञ्ज विमानस्थलमा चेकजाँच गर्दा चरेस जस्तो ३३ ग्राम कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो ।
महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेकोलाई पक्राउ गरिएको यो पहिलो घट्ना बताईएको छ ।
ती महिलाले औषधीका लागि लैजान लागे बताएको पनि श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
3
+1
2
+1
3
+1
0
+1
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *