१६ चैत्र २०८०, शुक्रबार

ब्लड बैंकको भवन निर्माण गर्न मन्त्री राईद्धारा तीन करोड बजेटको व्यवस्था

ब्लड बैंकको भवन निर्माण गर्न मन्त्री राईद्धारा तीन करोड बजेटको व्यवस्था

समाचारदाता
नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालको प्रांगणमा रहेको ब्लड बैंकको भवन जिर्ण भएको र कोठा अभावले साघुरो भएकोले नयाँ तीन तले भवन निर्माणका लागि भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले तीन करोड बजेट उपलब्ध गराउनु भएको छ ।
मन्त्री राईले सो कुराको जानकारी रेडक्रसको ६० औं स्थापना दिवसको अवसर पारेर ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा आइतवार गराउनुभयो ।
उहाँले पश्चिम नेपालका २४ जिल्लाका गम्भीर अवस्थाका बिरामीलाई रगत उपलध् गराउँदै आएको एक मात्र संस्था रक्तसञ्चार केन्द्रको भवनका लागि रेडक्रसका पदाधिकारीहरुले गरेको आग्रह अनुसार मन्त्रालयले सो रकम उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।
भेरी अस्पतालका अत्याधुनिक भवन निर्माण भैसकेकोले अब ब्लड बैंकको पनि नयाँ भवन बन्नुपर्छ भन्ने माग जायज रहेको जनाउँदै उहाँले ५ लाख रुपियाँ डीपीआरका लागि र २ करोड ९५ लाख रुपियाँ भवन निर्माणका लागि प्रदान गरिने बताउनुभयो ।
बजेट घोषणा भैसकेपछि मन्त्री बन्नु भएका बाँके क्षेत्र नम्बर २ का सांसद राईले आफ्नो क्षेत्र र जिल्लाका लागि मन्त्रालयको विभिन्न शिर्षकको बजेट तानेर विकास गराउन शुरु गरेको बताउनुभयो ।
कार्यक्रममा रेडक्रस सोसाईटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले एक पटककै सानो प्रयासमा पनि मन्त्रीले रक्तसञ्चार केन्द्रको भवनका लागि बजेट उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा रेडक्रसका उपसभापति शान्ति श्रेष्ठ, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायतले पनि भवन निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *