१६ चैत्र २०८०, शुक्रबार

भारतबाट फर्किने नेपालीलाई ठगीनबाट जोगाउन प्रहरीको विशेष अभियान

भारतबाट फर्किने नेपालीलाई ठगीनबाट जोगाउन प्रहरीको विशेष अभियान

सिराजखान
नेपालगञ्ज, असोज १२ । दसैंतिहार मनाउन स्देश फर्किने नेपालीलाई यहाँस्थित नेपाल भारत नाकाको दुबैतर्फ विभिन्न बहानामा ठग्ने लुटपाट गर्ने घट्ना रोक्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन दैनिक तीन चार हजारको हाराहारीमा नेपालीहरु भारतबाट स्वदेश फर्किरहेकोले उनिहरुको सुरक्षालाई विशेष ध्यान राखेर अभियान चलाईएको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भारतबाट रोजगार गरेर फर्किने नेपालीलाई बर्सेनी नाकामा र नाकापारी रुपैडिहामा विभिन्न बहानामा ठग्ने र लुट्ने गुनासो आउने गरेकोले यस पटक पहिले देखिनै सो रोक्न व्यवस्था मिलाईएको बताउनुभयो । उहाँले यस पटक जमुनाहा प्रहरी मार्फत नाका पारीको भारतीय सुरक्षा निकायसंग समन्वय गरेर त्यस्ता घट्ना हुननदिन सचेत रहन आग्रह गरिएको र सादा पोशाकका प्रहरीलाई रुपैडिहा बसपार्क तथा नाकामा निगरानीकालागि खटाईएको बताउनुभयो ।

भारतबाट फर्किने नेपालीलाई भारतीयले मात्रनभई नेपालका रिक्सा र ताँगा सञ्चालक, बसका सञ्चालक र भारुलाई नेपालीमा बदल्ने दलालले ठग्ने गरेको पाईएको छ । रिक्सा चालकले जमुनाहाबाट नेपालगञ्ज पुर्याएको पुरा रिक्साको भाडा दुई हजार रुपियाँसम्म लिने गरेको नाकामा दुबैतर्फका प्रहरीसंग मिलेर रकम दिन लगाउने गरेको र केही होटल व्यवसायीले समेत बढी रकम लिएर ठग्ने गरेको पाईएकोले यस पटक ती सबैको निगरानी कडा रुपमा भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको निर्देशन बमोजिम नाका पारीको भारतीय सुरक्षा निकायसंग समन्वय गरिएको, नाकामा हेल्प डेस्क स्थापना गरेर गुनासो सुन्ने र हल गर्ने गरिएको तथा नाकापारी पनि निगरानी शुरु गरिएको जमुनाहा प्रहरी प्रमुख वरिष्ठ सई माधव रिजालले बताउनुभयो । उहाँले भारतबाट आउने केहीले रिक्साचालकले ठगेको गुनासो गरेकोले उनिहरुको गुनासो सम्बोधन गरिएको पनि बताउनुभयो ।
अहिले दसैंतिहार मनाउन भारतबाट दैनिक तीन देखि चार हजारसम्म नेपाली स्वदेश फर्किरहेको जमुनाहा प्रहरीले जनाएको छ । नेपालगञ्जस्थित बसपार्कमा पनि भारतबाट फर्किएकालाई ठग्ने गरिएकोले बसपार्कमा पनि हेल्प डेस्क स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *