७ बैशाख २०८१, शुक्रबार

भेरी अस्पतालमा आउने विरामीले निशुल्क रगत पाउन थाले

भेरी अस्पतालमा आउने विरामीले निशुल्क रगत पाउन थाले

समाचारदाता
नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालमा उपचार गराउन आएका विपन्न र गरिब बिरामीका आफन्तलाई रगतका लागि अबदेखि पैसा खर्च गर्नु नपर्ने भएको छ ।
चिकित्सकले रगत माग गरेको बेला उनिहरुले रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत पाउने भएका छन् ।
पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आइतबारदेखि निशुल्क रगत वितरण शुरु गरिएको छ ।
यसअघि रगत आवश्यक परेको बेला सट्टा रगतका साथै शुल्क लिएर मात्र रगत दिने गरिएको थियो ।
प्रदेश सरकारको निति अनुसार रेडक्रसको ६० औं स्थापना दिवस पारेर आइतवारदेखि निशुल्क रगत वितरण शुरु गरिएको रेडक्रस सोसाईटी बाँकेले जनाएको छ ।
भेरी अस्पतालको प्रांगणमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको भवनमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बारबर्दिया १ बर्दियाका कालिराम थारुलाई निशुल्क रगत वितरण गरेर सो कार्यको शुरुवात गर्नुभयो ।

सोही अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी बीच निशुल्क रगत वितरण सम्झौता आदान प्रदान गरियो ।
सो अवसरमा बोल्दै मन्त्री राईले प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अनुसारसेवा सुरु गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालबाट विपन्न तथा असहायको निःशुल्क उपचार गर्दै आएको उल्लेख गर्दै निःशुल्क रगतले उक्त वर्ग लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा रेडक्रसका पदाधिकारी, रक्त सञ्चार केन्द्रका कर्मचारी, भेरी अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *