१४ बैशाख २०८१, शुक्रबार

भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त हुनु भएका विमल चन्द र उषा गौतमले पदभार ग्रहण गर्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयले चन्द र गौतमलाई केही दिनअघि अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो ।
यसअघिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई असक्षम र असफल ठहर गर्दै मन्त्रालयले उक्त पदबाट निलम्बन गरी हटाएसँगै चन्द र गौतमलाई नियुक्त गरेको हो । सरकराले यसरी नियुक्त गरेका दुबे जनालाई सोमबार अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु विरेन्द्रबहादुर चन्दले सपथ खुवाई कामको जिम्मेवारी प्रदान गर्नुभयो ।
उक्त सपथ कार्यक्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
सबैको सहयोग र सदभाववाट भेरी अस्पताललाई सस्तो सुलभ र गुणस्तरीय उपचार सहितको सेवा दिने र यस क्षेत्रको उत्कृष्ट अस्पताल वनाउने अभियानमा अस्पताल विकास समितिको पुरा टिम लाग्ने नवनियुक्त सदस्य चन्दले बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त सदस्यद्धय चन्द र गौतमलाई स्वागत गर्दै मेसु चन्द र नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालको समग्र विकास र सर्वसुलभ सेवा प्रवाहमा एक साथ अघि बढ्ने प्रतिवद्धता गर्नुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अहिलेको टीम युवाहरूको बलियो, सक्षम र मेहनती भएकाले अस्पतालको थप विकास र सहज र सुलर्भ सेवा प्रवाहका लागि सशक्त रूपमा लागिपर्ने बताउनुभयो । उहाँले अस्पतालका डाक्टरदेखि सबै कर्मचारीलाई सरकारले तोकेको मापदण्ड र आचारसहिंतामा रहेका नियमित सेवा प्रवाहमा लाग्न निर्देशन पनि दिनुभयो ।
अस्पतालमा चिकित्सकको नियमित राउण्ड नहुने, चिकित्सकले विहान १० देखि ५ बजेसम्म ओपिडी सेवा प्रवाह गर्नुपर्ने भएपनि विगतदेखि यसो हुन नसकेको भन्दै व्यापक जनगुनासो आएकोले यसतर्फ सचेत हुन समेत अध्यक्ष धितालले चिकित्सकको ध्यानाकर्षण गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *