१५ चैत्र २०८०, बिहीबार

भौतिक पुर्वाधार मन्त्री राईद्धारा एकै दिन बाँकेको डुडुवामा चार पुलको शिलान्यास

भौतिक पुर्वाधार मन्त्री राईद्धारा एकै दिन बाँकेको डुडुवामा चार पुलको शिलान्यास

सिराज खान
नेपालगञ्ज, भदौ २० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको विकास निर्माण कार्यलाई तिव्र पार्नुभएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको दुई महिना नपुग्दै उहाँले बाँके जिल्लामा विकासका थुप्रै योजनाहरु ल्याउन सफल हुनुभएको छ ।
जमुनाहा राँझा सडक अस्फाल्ट निर्माणसंगै, रत्नराजमार्गको चार स्थानमा आकाशे पुल निर्माण, राप्ती नदीमा नयाँ पुल र कम्दी चोकको डुडुवा नदीमा पक्की पुल निर्माणको योजना शुरु हुने प्रक्रियामा रहेको छ ।
यी सबै योजना प्रक्रियामा रहेकै बेला सोमवार एकै दिन मन्त्री राईले बाँकेको डुडुवामा चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ ।
मन्त्री राईले सोमवार बाँकेको डुडुवा गाउँपालिकाका विभिन्न वडामा भएर बग्ने डुडुवा खोलामा ४ वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो ।

उहाँले डुडुवा १ टेपरीस्थित डुडुवा नदीमा टेपरीदेखि चौफेरी जोड्ने ९० मिटर लामो पुल, डुडुवा २ नौरीगौडीस्थित सोही नदीमा नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर लामो पुल, डुडुवा ३ हलकारापुर्वास्थित सोही नदीमा राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने ४५ मिटर लामो पुल र डुडुवा ४ मोल्हुपुरवा लडिहाघाट अमराहवास्थित सोही नदीमा अमराहवादेखि लडिहाघाट जोड्ने ४५ मिटर लामो पुल निर्माणको शिलान्यास गर्नुभयो ।
यी सबै स्थानमा हालसम्म पुल नहुँदा सर्वसाधारणलाई आवागमन गर्न निकै कठिनाई हुने गरेको र वर्षामा खोला वारी र पारीको सम्बन्ध लामो समय विच्छेद हुने गरेकोले पुल निर्माण शुरु गराईएको मन्त्री राईले बताउनुभयो ।
उहाँले आफुले निरन्तर बाँके र क्षेत्र नम्बर २ को विकासका लागि कार्य गरिरहेको र भविष्यमा पनि गरिरहने बताउनुभयो ।
डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट पुल निर्माण गर्न टेण्डर आह्वान गरिसकेको जनाउँदै सडक डिभिजन कार्यालय नेपालगञ्जले पुलसम्बन्धि सबै काम एकै कम्पनीले गर्ने हुँदा छिटो काम हुने जनाएको छ ।
पुल निर्माण कार्य आगामी तीन वर्षमा पुरा गरिनुपर्ने गरि योजना बनाईएको सो कार्यालयको भनाई छ ।
केहीदिनदेखि गृहजिल्लाको भ्रमणमा रहनुभएका मन्त्री राईले विभिन्न कार्यक्रममा सहभागि भएर सोमवार काठमाण्डौ फर्कनु भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *