१४ बैशाख २०८१, शुक्रबार

मंसिर १ गते रातीबाट ४ गते रातीसम्म जमुनाहा नाका पुर्ण रुपमा बन्द गरिने

मंसिर १ गते रातीबाट ४ गते रातीसम्म जमुनाहा नाका पुर्ण रुपमा बन्द गरिने

सिराज खान
नेपालगञ्ज, कात्तिक २८ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाकालगायत जिल्लाका सबै सहायक नाकाहरु समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हालै नेपाल र भारतका सीमावर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा भएको सहमतिअनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ सम्मकालागि नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
उहाँले सोही समयमा बर्दियाको मुख्य नाका गुलरिया नाकासँगै जिल्लाका अन्य सबै सहायक नाकाहरु पनि बन्द गरिने बताउनुभयो । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्नो भूमिबाट सिमानालाई पूर्ण रुपमा बन्द गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।
तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवातजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले सिमा नाका बन्द भएको समयमा जबर्जस्ती घुसपैठ गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।
उहाँले जमुनाहस्थित मुख्य नाका लगायत सबै सहायक नाकाहरुमा सुरक्षाकर्मीको संख्या थपेर तीन दिनसम्म निरन्तर सुरक्षा गस्तीका साथै नेपाल भारतका सुरक्षाकर्मीको पनि संयुक्त गस्ती गराइने बताउनुभयो ।
भारतसँग सीमा नाका जोडिएको बाँके जिल्लाका अधिकांश मतदानस्थललाई अति संवेदनशिल मानिएकाले सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको र जनशक्ति समेत बढाइएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो ।
नाकाको सुरक्षालाई प्रभावकारी बनाउन नाकामा रहेका दुबै देशका सुरक्षा अधिकारीहरुबीच देनिकजसो छलफल र भेटघाट समेत भइरहेको बाँके प्रशासनले जनाएको छ । ( गोरखापत्र अनलाइनबाट साभार )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *