१६ चैत्र २०८०, शुक्रबार

मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

नेपालगञ्ज, भदौ २८ । मणिराम खरालले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रमुख प्रशासकिय अधिकृत खरालले मंगलबारदेखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्नु भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको थियो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आउनु भएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।
पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो ।

कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गर्नु भएका खरालले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अहिले सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिका अध्यक्ष शाहले उहाँलाई स्वागत गर्नुभयो ।
गाउँपालिका कार्यालय नरैनापुरमा अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तव, जनप्रतिनिधी, निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गरेका लेखा अधिकृत भरत बस्नेत, वडा नं २ का वडा अध्यक्ष मसूद अहमद शाह, जिन्सी शाखा प्रमुख एंव वडा नं ५ का सचिव भरत महतो, नरैनापुरको विपत शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रा, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गर्नुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *