१६ चैत्र २०८०, शुक्रबार

मन्त्री अथक र पुर्वमन्त्री राई लगायतले बाँकेका हाजीहरुको विदाई गरे

मन्त्री अथक र पुर्वमन्त्री राई लगायतले बाँकेका हाजीहरुको विदाई गरे

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार ७ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक तथा पुर्व सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई लगायतले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने बाँके जिल्ला लगायतका १०४ जना हजयात्रीलाई मंगलवार विहान त्रिभुवन विमानस्थलमा बिदाइ गर्नु भएको छ । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता गगन थापा र हज समितिका केन्द्रिय अध्यक्ष शमसेर मियाँ लगायत मुस्लिम अगुवाहरुको सहभागिता रहेको काठमाण्डौबाट हज समितिका पुर्व सदस्य तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जनाउनु भएको छ ।

मन्त्री अथक र पुर्वमन्त्रीले राईले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर शुभकामना प्रदान गर्दै हज सफलताको कामना गरेर बिदाइ गर्नुभयो । मंगलवार विहान मक्का मदिनाका लागि जोनहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी गरेर १०४ जना रहेको हज समितिका केन्द्रिय अध्यक्ष शमसेर मियाँले बताउनुभयो । हजयात्रीहरु साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

कोभिडका कारण गत दुई वर्ष नेपालबाट कोही पनि हज गर्न नगएकोमा यस पटक पनि विगत भन्दा निकै कम संख्यामा ५४८ जनालाई मात्रै हज गर्न जाने अनुमति प्राप्त भएको छ । सोमवारबाट शुरु भएको नेपाली हजयात्रीहरुको हवाई उडान असार १० गतेसम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *