६ बैशाख २०८१, बिहीबार

मन्त्री राईलाई समातेर जब प्रदेश सांसद नमुना केसी भावुक बन्नुभयो…

मन्त्री राईलाई समातेर जब प्रदेश सांसद नमुना केसी भावुक बन्नुभयो…

सिराज खान
नेपालगञ्ज, भदौ ४ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शनिवार साँझ अँध्यारो हुनै लाग्दा सिधनिया घाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुल छेउमा पुग्नुभयो । विहान ६ बजेदेखि निरन्तर कार्यक्रममा व्यस्त रहनु भएका उहाँलाई दुई कार्यक्रम बाँकी रहँदा त्यहाँ पुग्न अँध्यारो हुन लागि सकेको थियो । जबकी सो ठाउँमा पुग्ने निर्धारित समय भने साढे पाँच बजे अपरान्हको थियो ।
राप्ती नदीमा निर्माण गर्न लागिएको नयाँ पुलको शिलान्यास गर्न मन्त्री राईको टोली त्यहाँ पुगेको थियो । मन्त्री राई, प्रदेश सांसद कृष्णा केसी नमुना, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले पुगे लगत्तै अहिलेको पुल भन्दा दोब्बर फराकिलो र लामो पुल निर्माणको शिलान्यास गर्नुभयो ।
शिलान्यास गरेपछि त्यसमा लेखिएको ब्यहोरा पढेर सुनाउने जिम्मेवारी पाउनु भएकी प्रदेश सांसद केसीले सो पढे लगत्तै एक्कासी दाजु भन्दै भावुक हुँदै मन्त्री राईलाई समात्नुभयो र आँखामा आँसु भरेर भन्नुभयो–दाजु हजुर मन्त्री नभएको भए यो पुल बन्ने थिएन ।
अतिनै भावुक हुँदै सांसद केसीले थप्नुभयो–नरैनापुरका जनतालाई सुविधा दिन पुल लामो र फराकिलो बनाउने धेरै वर्षदेखिको सपना अहिले आएर पुरा हुँदैछ । मैले धेरै प्रयास गरे तर अहिले बाँके क्षेत्र नम्बर २ का सांसद राई मन्त्री बनेपछि बल्ल सपना साकार भयो ।
केसीलाई भावुक देखेर गम्भीर हुँदै मन्त्री राईले यो पुल निर्माणको सबै श्रेय नमुना जीलाई नै जान्छ भन्दै उहाँले साच्चिकै आफ्नो निर्वाचन क्षेत्रका जनताकोलागि अत्याधिक प्रयास गर्नु भएको बताउनुभयो ।


जनताको मर्म र भावनाको कदर गरेर विकासका लागि अहोरात्र खटिने जनप्रतिनिधि रहेसम्म जनताले दुख नपाउने मन्त्री राईले बताउनुभयो ।
अहिलेको पुल निकै साँघुरो भएपछि जनताको मागलाई ध्यानमा राखेर राप्ती नदीमा ७०० मिटर लामो र ११ मिटर फराकिलो नयाँ पुल निर्माण प्रक्रिया शुरु गरिएको छ । हालको पुलकै छेउमा निर्माण गरिने सो नयाँ पुल साढे चार वर्षको अवधीमा पुरा गरि सक्नुपर्नेछ ।
नयाँ पुल निर्माण हुन थालेपछि सो क्षेत्रका वासिन्दा निकै खुशी भएका छन् । डुडुवाका राजनितिज्ञ तथा समाजसेवी भण्डारीलाल यादवले यो पुल निर्माणको माग धेरै पुरानो थियो भन्दै अहिले आएर निर्माण हुन थालेको खुशी हुँदै बताउनुभयो ।
यसअघि मन्त्री राईले हुलाकी सडकको पुष्पलाल चोकदेखि सिधनियाघाटसम्मको सडकलाई फराकिलो पार्ने र बस्ती भएको ठाउँमा स्ट्रीट लाइट जडान गर्ने योजनाको पनि शनिवारनै शिलान्यास गर्नुभयो ।
सो भन्दा पहिले शनिवार विहान नेपालगञ्जमा मन्त्री राईले जमुनाहा–कोहलपुर सडक खण्डमा निर्माण गरिने पाँच आकाशे पुल र जमुनाहा–राँझा सडक खण्डमा गरिने अस्फाल्ट ओभर ले आयोजनाको दुई ठाउँमा शिलान्यास गर्नु भएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *