१३ बैशाख २०८१, बिहीबार

महेन्द्र बहुमुखि क्याम्पसका गार्डको कुटाईबाट नेपालगञ्जका युवकको मृत्यु

महेन्द्र बहुमुखि क्याम्पसका गार्डको कुटाईबाट नेपालगञ्जका युवकको मृत्यु

नेपालगञ्ज, १३ पुस । नेपालगन्जमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो ।
राजुलाई पुष १० गते दिउँसो नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुडले जथाभावी हिर्काएको आफन्तहरुले प्रहरीलाई बताएका छन् ।
क्याम्पस कम्पाउण्डभित्र राजुले घासपात काटिरहेको देखेपछि क्याम्पसको सुरक्षार्थ खटिएका गार्डले कुटपिट गरेका थिए । त्यसपछि राजु घर जानुभयो । त्यसैरात उहाँको अत्यधिक पेट दुख्न थालेपछि उपचारका लागि भेरी अस्पतालमा पु¥याइयो ।
भेरीका चिकित्सकहरुले पेटमा रक्तश्राव भएको भन्दै नेपालगन्ज मेडिकल कलेजमा रिफर गरे । राजुको उपचारकै क्रममा ११ गते मृत्यु भएको हो ।
कुटपिट गर्ने राजापुर नगरपालिका–४ बर्दियाका ४९ वर्षीय गार्ड श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । श्रेष्ठ तीन वर्षदेखि क्याम्पसको सुरक्षा गार्डमा कार्यरत थिए । ( कोहलपुर टुडेबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
2
+1
4
+1
10
+1
36

Leave a Reply

Your email address will not be published. Required fields are marked *