४ बैशाख २०८१, मंगलवार

माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन

माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १३ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल आइपीलाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
बाँके निर्वाचन क्षेत्र ३ को १ बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ को १ को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।
खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन ।

त्यसैगरी, बैठकले अन्य पार्टीहरुसङ्ग बार्ता र सम्बाद गर्नका लागि कृष्णबहादुर घर्तीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीको सदस्यहरुमा राजमोहन चौधरी, पदम सिंह ठकुरी, आकाश सन्ज्याल र रिमलाल गिरी रहेका छन ।
बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जना चौधरी अर्पणा, उषा पुन पार्वती, नरेन्द्र न्यौपाने तथा प्रदेश कमिटीका सदस्य तिर्थराज ज्ञवाली, परमानन्द वर्मा लगायतको उपस्थिती रहेको नेता खरेलले जानकारी दिए ।
उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले आइपी खरेललाई आधिकारिक टिकट दिएर उम्मेदवार बनाएपनि पार्टीका केही स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रको उक्त निर्णयको बिपरित स्वतन्त्र उम्मेदवार बनेका दलबहादुर सुनारलाई साथ दिने बताएका थिए । केहिदिन अगाडि मात्रै सुनार माओवादी पार्टी प्रवेश समेत गरिसकेका छन । माओवादीका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पुर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर बिक तुफानको उपस्थितिमा सुनार पार्टी प्रवेश गरेका थिए ।
सो क्षेत्रबाट २०७४ को निर्वाचनमा आईपी खरेल बिजयी बनेका थिए । अहिलेको निर्वाचनमा पनि पार्टीले सोही निर्वाचन क्षेत्रबाट टिकट दिएर उम्मेदवार बनाएपछि खरेल निर्वाचनमा होमिएका हुन ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *