१५ चैत्र २०८०, बिहीबार

माओवादीद्धारा कोहलपुरमा एक्लै चुनाव लड्ने निर्णय, बाँकेमा गठबन्धनको संभावना समाप्त

माओवादीद्धारा कोहलपुरमा एक्लै चुनाव लड्ने निर्णय, बाँकेमा गठबन्धनको संभावना समाप्त

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुर कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुविच गठबन्धनको संभावना करिब करिब समाप्त भएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने निश्चित जस्तै देखिएको छ ।
काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्ज लगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचार प्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।
सत्ता साझेदार दलविच केन्द्रमा गठबन्धको कुरा चलि रहदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए ।
जसका लागी माओवादी केन्द्रले औपचारीक रुपमा उम्मेदवार पनि टुगो लगाएको छ । २०७४ सालको स्थानिय तह निर्वाचनमा प्रतिस्प्रर्धा गरेर पराजय पछिपनि निरन्तर जनताको घर दैलो र कोहलपुरको बिकासमा क्रियासील नरेन्द्र न्यौपाने लाई सर्बसम्मत उम्मेदवार सिफारिस गरिएको छ ।


माओवादी केन्द्र कोहलपुरको मंगलवार सम्पन्न नगर समितीको बैठकमा २०७४ मा निर्वाचित स्थानिय तहका जनप्रतिनिधीले जन अपेक्षा पुरा गर्न नसकेकाले अव जनताले कोहलपुरमा माओवादीको नेतृत्व खोजि गरी रहेकाले योग्य र सक्षम युवा उम्मेदवार लिएर मैदानमा जादा जित सुनिस्चित भएको ठहर सहित नरेन्द्र न्यौपाने लाई उम्मेदवार बनाएको हो ।
मेयरमा नरेन्द्र न्यौपाने सहित १३ वटा वडा अध्यक्षहरुको समेत टुगो लगाएको एक माओवादी नेताले बताए । जस अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रि प्रसाद जैसि हेमन्त, वडा नं २ मा अमर बिक, वडा नं ३ मा केशव रिजाल, कोहलपुर ५ मा कृष्ण थारु, कोहलपुर ६ मा रामशरण थारु, कोहलपुर ७ मा तेज बहादुर पुन, कोहलपुर ८ मा चन्द्र बुढा, कोहलपुर ९ मा ओपेन्द्रनाथ योगी, कोहलपुर १० मा कैलो बोहरा कुशल, कोहलपुर १२ मा निरक शाही, कोहलपुर १३ मा मिना पुन, कोहलपुर १४ मा दान बहादुर वली निर्माण र कोहलपुर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्ब सम्मत रुपमा गरेको छ ।
कोहलपुर ४ र ११ मा आंकाक्षीको संख्या १ भन्दा बढि रहेकाले सर्ब सम्मतको प्रयास भई रहेको श्रोतले जानकारी दिएको छ । बैठकमा निर्वाचन परिचालनका लागी ३ ओटा कमाण्ड बनाएर जिम्मेवारी बाडफाड समेत गरेको बताईएको छ । उप मेयर पदमा समेत १ भन्दा बढि आंकाक्षी रहेकाले सर्व सम्मतको प्रयास भई रहेको एक माओवादी नेताले बताए ।
उप मेयरमा रेणुका खड्का, साबित्रा पुन, बिण्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काको दाबेदारी रहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *